क्यान्सर हुनबाट जोगिन यी टुसा उमारिएका गेडागुडी खानुहोस्,

    क्यान्सर हुनबाट जोगिन यी टुसा उमारिएका गेडागुडी खानुहोस्,

    हामिले दैनिक खाने खाना नै स्वास्थ्य हो । खानपानले विभिन्न रोग निम्त्याउँछ भने केही रोग निको पार्न वा लाग्न पनि दिँदैन ।त्यसेैले खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । स्वस्थ रहन खानपानमा ख्याल गर्नुपर्छ । शरीरलाई आवश्यक पर्ने तत्वको पूर्ति हुने गरि भोजन गर्नुपर्छ । टुसा उमारिएको गेडागुडीलाई अमृत भोजनको संज्ञा पनि दिन सकिन्छ ।

    गेडागुडी उमार्दा यसमा पाइने जटिल संरचना भएको पौष्टिक तत्वहरू सरल संरचनामा परिवर्तन हुन्छन् र नयाँ खनिज, भिटामिन तत्वहरु उत्पन्न हुन्छन् र सुपाच्य बन्छन् । यसलाई काँचै वा पकाएर पनि खान सकिन्छ । उमारिएका गेडागुडीमा कार्वाेहाइड्रेट, ग्लुकोज, फ्रुक्टोज, माल्टोज आदिमा र प्रोटिन अमिनो एसिडहरूमा परिवर्तन हुन्छन् ।

    उमार्दा खाद्य पदार्थमा हुनसक्ने अखाद्य तत्व पनि न-ष्ट भएर जाने गर्दछ । उमारिएको गेडागुडीमा भिटामिन ए, बि, सी र के को मात्रामा वृद्धि हुन्छ ।
    घाउहरू चाँडै निको पार्छ र हर्माेन, इन्जाइम्स् र एन्टिबडी बनाउन निकै महत्वपूर्ण भूमिका खेल्छ । उमारिएको गेडागुडीमा एन्टिअक्सिडेन्ट तत्वहरू बढी मात्रामा पाइने भएकाले फ्रिराडिकल्सको असरबाट हुने थुप्रै रोगबाट बच्छ सक्छौँ ।

    अंकुरित मेथीले मधुमेह र वाथ रोगमा फाइदा गर्छ । महिलाहरूमा महि-ना-वारी रोकिएपछि हुने हड्डी कमजोर हुने, शरीर ता-त्ने, पसिना आउने, स्त- न क्यान्सर जस्ता समस्यालाई समेत नियन्त्रण गर्न मद्दत गर्दछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *