यस्तो हुन्छ बुधबार जन्मिएको मानिसको स्वभाव र आचरण

    काठमाडौं । मानिसको जन्मेको समय र उसको वातावरणले उसको भविष्य निर्धारण गर्ने बताइन्छ । कुन बालक कुन बार र समयमा जन्मेका हुन्, उनीहरूको उक्त साइतले स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरूको भनाइ छ । त्यसो त हरेक बारको आ–आफ्नै महत्व रहेको हुन्छ । आउनुहोस् यहाँ चर्चा गरौ बुधबार जन्मने व्यक्तिहरूका बारेमा । बुधबार जन्मिने व्यक्तिहरु शान्त, विदुषी र व्यवसायी दिमागका हुन्छन् । यिनीहरू सफा र स्वच्छ विचारधाराका मालिक हुन्छन् ।

    बुधबार जन्मिएका मानिस नयाँ(नयाँ कुराहरू जान्न निकै उत्सुक हुन्छन् । साथ साथै उनीहरू सन्तुष्ट स्वभावका पनि हुन्छन् ।
    बुधबार जन्मिएका व्यक्ति विश्वासिला र अरुले दिएका धोका नपचाउने खालका हुन्छन् । सकारात्मक सोचसँगै जीवनमा अघि बढ्ने स्वभाव यो बार जन्मिएका मानिसमा हुन्छ । हतपत नरिसाउने तर रिसाएमा फर्किन समय लाग्ने स्वभाव यो बार जन्मिएको मानिसमा पाइन्छ ।

    बुधबार जन्मिएका व्यक्तिहरूको जीवनमा योजनाहरूको कुनै स्थान नभए पनि निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहन्छन् । यो बार जन्मने व्यक्तिहरू नयाँ–नयाँ कुराहरू जान्न रुचाउँछन् । यो बार जन्मने मानिसहरूको कुरा गर्ने तरिका निकै प्रभावशाली हुन्छ ।

    सकारात्मक सोचसँगै जीवनमा अघि बढ्ने खालका निकै सफलता हात पार्ने खालका हुन्छन् । यो बार जन्मने व्यक्तिहरू खर्चिलो स्वाभावको हुन्छन् र आफ्नो निर्णय आफैँ गर्ने खालका हुन्छन् । यो बार जन्मनेहरूको वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने यिनीहरू आफ्नो पार्टनरको निकै हेरबिचार गर्ने खालका हुन्छन् । तीब्र बृद्दी हुने भएका कारण बुधबार जन्मिएका मानिसहरू प्रायः शैक्षिक क्षेत्रमा सफल देखिन्छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *