भाद्र १ देखि ८ गतेसम्म को राशिफल (साप्ताहिक राशिफल)

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

    यो साता लुकेको प्रतिभाको सहज विकास हुनेछ । सुखसुविधा भोग गर्न पाइनेछ । पारिवारिक वातावरण सुमधुर रहनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । आफ्नै प्रयासमा सुनिश्चित गरिएका कार्यबाट सफलता प्राप्तिको योग छ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व इष्टदेवताको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

    यो साता धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आकस्मिक यात्राको अवसर आउन सक्छ । साताको उत्तरार्धबाट सामान हराउने योग छ । आर्थिक कारोबारमा मन्दी पनि आउनेछ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग आकाशे वा गुलाबी हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

    यो हप्ता पुनर्मिलनको योग रहेको छ । रमणीय र सुखद् यात्राको योग छ । सुखसुविधा भोग गर्न पाइनेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइने र आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पहेँलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक राम्रो हुनेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

    यो साताको सुरुका दिनमा कार्य सम्पादनमा समस्या आउला । वैदेशिक कार्यमा पनि उल्झन आउनेछ । साताको मध्यमा भने आकस्मिक यात्राको अवसर आउन सक्छ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भोलेबाबालाई स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

    यो सातमा रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ। साताको अन्त्यमा व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग रातो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

    यो साता महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरि यात्रा गर्दा सफलता प्राप्त हुनेछ ।

    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

    यो साता ससाना यात्राबाटवृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

    यो साता पारिवारिक र नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले बिनाकारण झगडा र विवाद हुनेछ । मङ्गलवारबाट शुभकार्यको चर्चा चल्नेछ । नोकरी र व्यवसायिक जीवनमा सुधार आउनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

    यो साता दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्नेछ । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला । चुनौतीको सामना पनि गर्नुपर्ला । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

    यो साता चिताएको कामले तीव्रता लिनेछ । विश्वास गरेकाले साथ दिनेछन् । नसोचेको ठाउँबाट धनागम हुनेछ । धार्मिक कार्य सफल रहनेछन् । लुकेको प्रतिभा र योग्यताको कदर हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । रमाइलो यात्रा पनि होला । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक लाभ मिल्नेछ ।

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

    यो साता पुनर्मिलनको योग रहेको छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । वैदेशिक कार्य राम्रो हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । शत्रुमाथि विजय मिल्ने समय छ । मनोरञ्जनमा सहभागिता भइएला । यो साताका लागि शुभ अङ्क ७,९ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक राम्रो हुनेछ ।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

    यो साता कल्पना र भावुकतामा मन रुमल्लिने सम्भावना छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला । प्रेममा बाधा आउन सक्छ । खर्च नियन्त्रणभन्दा बाहिर हुनसक्छ । सोमबारबाट मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । प्रेम प्रस्ताव पनि आउन सक्छ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक शुभ फल मिल्नेछ ।
    राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *