भदौं ०८ गते शुक्रबार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । नसोचेको ठाँउबाट केहि लाभ होला । भाग्योदयको समय रहेको छ । अरुले गरेको कमको मुल्याङ्कन गर्नुपर्ने छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । प्रशंसकहरू पनि बढ्नेछन् । आर्थिक कार्य फलदाई हुनुका साथै पारिवारिक सुख मिल्ने छ ।

    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला । ब्यापार भने ठिकै मात्र छ । कतैबाट आर्थिक लाभ हुने समय छ, चनाखो भने रहनु होला । केहि अधुरो काम सम्पन्न हुने दिन रहेछ । आर्थिक लाभ पनि होला । पैतृक सम्पतीबाट लाभ हुनुका साथै धर्मिक कार्यमा सम्लग्न हुने समय छ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला, अरुको कम मात्र भर पर्नु होला । केही विवादमा समेत परिने योग छ, सावधान रहनु होला । शारिरीक तथा मानसिक आलस्यता बढ्नेछ । झै भगडा हुने दिन छ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् । परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने छ । जागिरका क्रममा समस्या आउन सक्छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । हानी नै नगरेपनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । यात्रामा भने जोग्गिएर काम गर्नुहोला । आतिथ्यपूर्ण सम्मान पाइएला । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरू माथि विजय प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद एवम् समृद्ध बन्ने देखिन्छ ।

    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )नोकरी तथा राजनितीमा गरेका प्रयासहरु फलदाइ रहनेछन् । अरुले तपाइको तारिफ गर्न सक्छन् । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ । मान सम्मान पनि पाइनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ ।

    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । नयाँ कामको थालनी आज नगर्नु होला । मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला, रोगले पनि सताउन सक्छ । धेरै बोल्ने बानीले दुःख पाइएला, होस पुर्याउनु होला । धनको नाश पनि होला ।

    वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । धनको साथै अन्नको पनि लाभ हुन सक्छ । प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमंग देखापर्ने छ । आफूभन्दा ठूला मान्छेको सल्लाह अनुसार चल्नु होला, समर्थन गर्ने प्रशस्त पाइएलान । मन्दिरको भ्रमण हुन सक्छ ।

    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )आर्थिक क्षेत्रमा उन्नती हुनेछ । यात्राको योग रहेको छ, परिवारमा पनि खुशिको माहोल छाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नु होला । गरिराख्नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ । धन कमाउने योग छ । जागिरमा पनि समस्या देखा पर्ने देखिन्छ ।

    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )स्वास्थ्यमा सुधार आउने, पढाइमा मन लाग्ने साथै सही निर्णय गर्ने योग छ । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । टाढाको यात्राको योग छ । सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनु पर्ने समय छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै कामहरु बन्न थाल्ने छन् ।

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुगा, मीठो खानाको आनन्द मिल्नेछ । केही पैसाको हानी पनि होला । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । खर्च धेरै नै बढ्ने छ । कामकै पछि लागेपनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन ।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । नोकरीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ, दिन सामान्य नै छ । विद्यामा समय दिन नसकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गरेका काममा लाभ मिल्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । प्रयत्न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *