आजैबाट त्याग्नुहोस् मुटु स्वस्थ राख्न यी १० खराब बानीहरु

    मानव शरीरको महत्वपूर्ण अंग मुटु स्वस्थ राख्ने चाहना धेरैलाई हुन्छ, तर आफ्नो खानपानको बानीले गर्दा मुटुलाई असर गरिरहेको हुन्छ । हामीले यहाँ १० त्यस्ता बानीका बारेमा जानकारी दिनेछौं, जसले तपाईलाई मुटु स्वस्थ राख्न सहयोग गर्ने छ ।चर्को नुनिलो वा गुलियो खाँदा रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पु¥याउँछन् र मुटुमा असर पुग्छ । त्यसैले नुन र गुलियो धेरै खाने बानी छोड्नु पर्दछ । चुरोट पिउँदा पनि रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पुग्छ र मुटुरोगको सम्भावना ह्वात्तै बढ्छ ।

    धेरै रक्सी पिउँदा उच्च कोलेस्ट्रेल, उच्च रक्तचाप र कलेजोमा खराबी देखा पर्छन् र यी सबै मुटुरोगका कारण बन्न पुग्छन् । धेरै तनाव लिँदा रक्तचाप बढ्छ र मुटुमा दबाब पर्छ जसका कारण मुटुरोग लाग्छ ।शारीरिक काम नगर्दा रक्तप्रवाहमा समस्या आउँछ, रगत राम्ररी बग्न नपाएर मुटुमा समस्या देखिन्छ । धेर खाँदा रक्तनलीमा बोसो जम्छ जसका कारण उच्च रक्तचाप हुन पुग्छ र मुटुरोग निम्त्याउँछ ।

    राती ढिलोसम्म जागै बस्ने, अधुरो निद्रा हुने अवस्थामा पनि तनाव, उच्च रक्तचाप लगायतका समस्या आउँछन् र मुटुलाई बिगार्छन् ।दाँत र गिजाको समस्याले पनि मुटुरोग बढाउने कुरा धेरै अनुसन्धानले पत्ता लगाएका छन् । निद्रामा घुर्ने मान्छेलाई सास फेर्न समस्या हुनाले मुटुमा दबाब पर्छ र हार्ट अट्याकको सम्भावना बढाउँछ । जंक फूड तथा चिल्लो खानेकुराले पनि रक्तप्रवाहमा बाधा पु¥याएर मुटुमा समस्या ल्याउँछन् । त्यसैले यस्ता बानीहरु छन् भने तिनीहरुलाई आजैबाट छोड्नुहोस् र मुटु स्वस्थ राख्नुहोस् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *