पिसाब फेर्दा पोल्छ ? यस्ता छन् पिसाब पोल्ने कारण र उपचार

    पिसाब अर्थात् युरिन इन्फेक्सन मुत्रनलीमा हुने संक्रमण हो ।पुरुषको तुलनामा महिलामा यो समस्या बढी हुन्छ । युरिन इन्फेक्सन दुई प्रकारको हुन्छ पिसाबथैली भन्दा तलको संक्रमण र पिसाब थैली भन्दामाथिको संक्रमण ।

    पिसाबथैली भन्दा तलको संक्रमण भएको छ भने पिसाब गर्न गाह्रो हुने, छिटो छिटो पिसाब लाग्ने, पिसाब पोल्ने आदि लक्षणहरु देखिन्छन् । मुत्रथैली माथिको इन्फेक्सनमा ज्वरो आउने, पेट दुख्ने आदि लक्षणहरु देखिन्छ । युरिन इन्फेक्सनको कारण के के हुन् ? यसबाट कसरी बच्ने ? भन्ने विषयमा जनरल फिजिसियन डा.सुशिल अधिकारीको सुझाव यस्तो छ :

    पिसाब पोल्ने कारण

    – मधुमेह
    – मुत्रनलीको संक्रमण
    – कलेजो सम्बन्धी रोग
    – लामो समयसम्म पिसाब रोक्नु
    – शरीरमा पानीको मात्रा नपुग्नु
    – मुत्रमार्गमा संक्रमण
    – मृगौलाको पत्थरी

    लक्षण

    – मुत्राशयमा पीडा हुनु
    – पिसाब पोल्नु
    – पिसाबको रंग गाढा पहेंलो हुनु
    – पटक पटक पिसाब लाग्नु
    – पेट दुख्नु
    – ज्वरो आउनु

    बच्ने उपाय

    – प्रसस्त मात्रामा पानी पीउने
    – यौनांगको सरसफाईमा विशेष ध्यान दिने
    – प्रसस्त मात्रामा हरियो सागसब्जी र फलफूलको सेवन गर्ने
    – क्यानबेरी जुसले पिसाब सफा गर्ने भएकोले दैनिक रुपमा क्यानबेरी जुसको सेवनले पनि युरिन इन्फेक्सन हुने सम्भावन कम गर्छ ।
    – मृगौलाको पत्थरी हुँदा पनि पिसाबमा जलन हुने भएकाले पत्थरी कम गर्न प्रसस्त मात्रामा पानी पिउनु लाभदायी हुन्छ ।
    – पिसाब पोल्ने समस्या लामो समय रहिरहेमा चिकित्सको परार्मश अनुसार स्वास्थ्य जाँच तथा औषधि उपचार गर्नुपर्छ ।
    – अन्य स्वाथ्य समस्याको कारणले पनि युरिन इन्फेक्सन हुने भएकोले कारण पत्ता लगाएर सोही अनुसार उपचार गर्ने ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *