प्रेसर हाई छ ? जानुहोस् के खाने के नखाने ?

    प्रेसर हाई छ ? जानुहोस् के खाने के नखाने ?

    समय फेरियो । अब खानै नपाउने अवस्थाका नेपाली कमै छन् । तर हाम्रो अस्वस्थय जीवनशैली, आनीबानी र अल्छीपनाले हामीमध्ये धेरैलाई गाँजेको छ । यस्तो आहारविहार भएपछि हामीसँग भएको धन दौलतले केहि पनि गर्दैन । हिजोआजका मानिसहरुलाईमीठामीठो खानुपर्ने, हप्ताको ४ दिन मासु खानैपर्ने, रक्सी खाने , सुर्तीजन्य तथा अन्य नशाको सेवन गर्नुपर्ने, विभिन्न खाले मानसिक तनावमा रहनुपर्ने बाध्यता, शारीरिक व्यायामको कमी आदिको कारणले गर्दा ब्लडप्रेसरको समस्या बढ्दै गएको छ ।

    वरिष्ठ नागरिकों के लिए स्टेयरलिफ्ट्स एक सपना सच होने जैसा हो सकता है। (विकल्प जांचें)
    फलस्वरूप हार्ट अट्याक, प्रेसर हाई, प्यारालाइसिस मुटुरोग जस्ता समस्या देखिन थालेका छन् । ,हाम्रो यहि जीवनशैलीले निकालेको रोग हो, उच्चरक्तचाप अर्थात् ब्लडप्रेसर हाई । पहिले धनीमानी, उमेर भएका रोगले च्यापेकालाई छिटफूट देखिने यो रोग अहिले २० वर्षे ठिटाठिटीदेखि वयस्क, पुरुष मिलामा देखिन थालेको छ । सुन्दै डरलाग्दो यो तथ्य नेपालकै हो । हो, ३० वर्षका युवाले समेत प्रेसर हाई भएको समस्याले नियमित औषधि खानुपर्ने अवस्था छ । ब्लडप्रेसरका कारणमध्ये २ देखि ३ प्रतिशतको मात्रै कारण देखिएको छ ।

    बाँकी ९७ प्रतिशतको कारण पत्ता नलागेको बताईन्छ । त्यसैले उच्च रक्तचापलाई साइलेन्ट किलर रोग हो ।चक्कर आउनु, निद्रा नलाग्नु, मुटुको धड्कन बढ्नु, धड्कन रोकिएजस्तो हुनु, भनभन रीगँटा छुट्नु आँखा हेर्नै गारो हुनु, श्वास रोकिएला झै हुनु जस्ता लक्षण देखिन्छ । यसले पयारालाईसिस जस्तो भयानक रोग निम्त्याउन सक्छ भने हार्ट अटट्याक जस्ता अन द स्पट डेड हुन सक्छ ।तर नआत्तिनुहोस् जीवनशैली तथा खानपानमा ध्यान दिने हो भने उच्च रक्तचापलाई कम गर्न र नियन्त्रण गर्न सकिन्छ ।

    उच्च रक्तचापका रोगीले पर्याप्त मेवा खानुपर्छ ।केरा सेवन केरामा पोटासियम भन्ने तत्व पर्याप्त मात्रामा पाइन्छ, जसले शरीरमा नुनको असर कम गर्दछ ।
    हरेक बिहान खाली पेट लसुनका दुइ पोटी तथा एक गिलास पानी पिउनुहोस् ।अदुवामा रक्तसंचारलाई सन्तुलित गराउने एन्टीअक्सिडेन्टहरु पाईने भएकोले अदुवाको टुक्रा मुखमा राखिरहँदा पनि फाईदाजनक हुन्छ ।आधा गिलास पानीमा एक चम्चा मरीचको धुलो घोल्नुहोस् र केही तताउनुहोस् । चिसो भइसकेपछि २ २ घण्टामा थोरै थोरै गरेर पिउनुहोस् ।

    · तुलसी तथा निमको पातको सेवन गर्नुहोस् ।

    एक चम्चा मेथीका दानालाई एक गिलास पानीमा मिलाएर उमाल्नुहोस् । त्ससपछि त्यो मेथीपानीलाई चिसो पारेर पिउनुहोस् ।

    · गाजर र पालुंगोको रस पिउनाले रक्तचाप नियन्त्रणमा फाइदा पुग्छ ।

    १ चम्चा अमलाको रस र एक चम्चा मह मिलाएर हरेक दिन बिहान बेलुकी खाने गर्नाले रक्तचाप कम गर्छ ।

    रक्त चाप उच्च भएकाहरुले नियमित रुपमा एक गिलास पानीमा आधा कागती निचोरेर दिनको ३।४ पटक पिउनुपर्छ ।

    गहुँ तथा चनाको रोटी सेवन राम्रो मानिन्छ ।

    – धूम्रपान मद्यपान त्याग्नुहोस् ।

    – नियमित एक्सरसाईजहरु गर्नुहोस् ।

    महीको सेवन निकै फाइदाजनक हुन्छ ।
    उच्च रक्तचापका रोगीले पर्याप्त निद्रा लिनुपर्छ ।
    – बढी कफी तथा कफीजन्य पदार्थले रक्तचाप बढाउँछ ।
    करेला, मेथी, नीमको पात, घ्युकुमारी खाने, आर्युेवेदिक उपाय गर्ने, योग, ध्यान गरेर पनि कम गर्न सकिन्छ ।
    ब्लडप्रेसर नियमित जाँच गर्ने ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *