वर्षाका कारण नेपाल र भारत बीचको खेल अवरुद्ध

    एसिया कप २०२३ अन्तर्गत भारत र नेपालबीचको खेल वर्षाले अबरुद्ध भएको छ। श्रीलंकाको पल्लेकेले मैदानमा जारी खेलमा नेपालले ब्याटिङ गरिरहदा खेल वर्षाले अबरुद्ध भएको हो। भारतले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ३७.५ ओभर ६ विकेटको क्षतिमा १७८ रन बनाउदा खेल अवरुद्ध भएको हो।

    खेलमा अहिले नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २७ रन र सोमपाल कामी ११ रन बनाएर खेलिरहेका छन्। नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरेर आउट भए। उनी ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए। उनी एसिया कपमा तथा भारतविरूद्ध अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बने।

    अर्का ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भए। शार्दूल ठाकुरको बलमा दशौं ओभरको पाँचौ बलमा आउट हुनुअघि उनले २५ बलमा ३ चौका र २ छक्का हिर्काए। उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए।

    भुर्तेलविरूद्ध पहिलो ओ‌भरमा श्रेयस अय्यरले र चौथो ओभरमा इशान किसनले क्याच छाडेका थिए। यस्तै आसिफको क्याच दोस्रो ओभरमा विराट कोहलीले छाडेका थिए।भुर्तेल आउट भएपछि भने नेपालले लगातार विकेट गुमायो।

    कप्तान रोहित पौडेल रविन्द्र जडेजाको बलमा ५ रनमा आउट भए। कुशल मल्ल चौथो विकेटको रुपमा २ रनमै आउट भए। भीम सार्की पनि ७ रनमा भारतका जडेजाको बलमा १६ ओ‌भरमा बोल्ड भए।
    छैटौं विकेटको रुपमा गुल्सन झा ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाएर आउट भए।

    बलिङमा भारतका जडेजाले ३ विकेट लिएका छन् भने मोहमद सिराजले २ विकेट हात पारेका छन्।खेलमा जित हात पार्ने टिम सुपर फोरमा पुग्नेछ। वर्षाले खेल रद्द भए नेपाल आउट हुँदा भारत सुपर फोरमा पुग्नेछ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *