घरलाई यसरी सजाउनुहोस्, सुख र शान्ति मिल्छ

    घरलाई यसरी सजाउनुहोस्, सुख र शान्ति मिल्छ

    घर चाहे सानो होस् वा ठूला चिटिक्कको घर बनाउने सपना सबैको हुन्छ । घर बनेपछि पनि अरूको भन्दा फरक र सुन्दर तरिकाले सजाउने सपना सबैको हुन्छ । घर सजाउनु गाह्रो काम पनि होइन । तपाईंका लागि आज घरलाई सजाउने केही टिप्स ल्याएका छौँ । जुन तरिकाले सजाउँदा तपाईंको घर अरुभन्दा फरक देखिन्छ ।

    लिभिङ रुम
    लिभिङ रुम जहिले पनि अरू कोठाभन्दा ठूलो बनाउनुपर्छ । सकभर उज्यालो कोठालाई लिभिङ रुम बनाउनुपर्छ । चारै कुनामा विभिन्न फूल र गमलाले सजावट गर्नुपर्छ । भित्ताको आकार अनुसारको टेलिभिजन राख्नुपर्छ । भित्ताको बीच भागलाई नापेर टलिभिजनको सेटअप गर्नुपर्छ । कोठाको रङ छनोटमा पनि ध्यान दिनुपर्छ सकेसम्म चम्किलो रङ प्रयोग गर्नुपर्छ जसले गर्दा कोठा उज्यालो देखिन्छ ।

    वास्तुअनुसार बेडरुम
    बेडरुम घरको दक्षिण–पश्चिम कुनामा राख्नुपर्ने हुन्छ । यसमा लगाउने रङ बैजनी रङ, हल्का रातो, हरियो रङ राम्रा मानिन्छ । विवाहितका लागि हरियो र रातो मिश्रित रङ अझ राम्रो मानिन्छ । बेड रुममा कालो र निलो राम्रो मानिँदैन । विद्यार्थीका लागि सेतो र हल्का बैजनी रङ अझ राम्रो मानिन्छ ।

    किचेनको व्यवस्थापन
    किचेन र डाइनिङलाई एउटै स्थानमा समेत व्यवस्थापन गर्नुपर्ने हुन्छ । डाइनिङ र किचेन सकेसम्म फरक ठाउँमा राख्दा राम्रो हुन्छ जसले गर्दा फराकिलो र राम्रो देखिन्छ । वास्तुशास्त्रीको सल्लाहअनुसार किचेन र डाइनिङ व्यवस्थापन गर्नुपर्छ । परिवारिक संख्याको आधारमा डाइनिङको व्यवस्थापन पनि गर्नुपर्ने हुन्छ ।

    बाथरुम
    सकेसम्म बाथरुम राम्रो बनाउने प्रयास गर्नुपर्छ । जसले गर्दा सजिलो महसुस गर्न सकियोस । धारा बजारको ट्रेन्ड अनुरूपको राख्नुपर्छ । टायलको छनोट सफा देखिने खालको प्रयोग गर्नुपर्छ ।

    भर्याङ
    बजारमा अहिले काठ, मेटल, आल्मोनियम सबैखालका भर्याङ पाइन्छ । भर्याङको आकार अनुसार कति सानो ठूलो हो त्यस अनुरूप भर्याङ राख्नुपर्छ । भर्याङको कुनामा गमला फूलले सजाउँदा राम्रो हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *