वर्षाका कारण रद्द भयो नेपाल र युएईबीचको खेल

    आइसिसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल रद्द भएको छ।

    क्वालालम्पुरस्थित सेलाङग्र टर्फ क्लबमा वर्षाका कारण खेल सुरु नभई रद्द भएपछि नेपाल र युएईले १/१ अंक बाढेका छन्।

    नेपालले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको थियो।

    आजको खेल रद्द नभई युएईलाई हराएको अवस्थामा नेपाल समूह विजेता बन्दै सेमिफानल पुग्थ्यो। अंक बाढेपछि नेपाल रनरेटका आधारमा उपविजेता बन्दै सेमिफाइनल पुगेको हो।

    समूह बी बाट सेमिफाइनल पुग्ने टिमको आज टुंगो लाग्नेछ।

    नेपालले शुक्रबार हुने सेमिफाइनलमा समूह बी को विजेतासँग खेल्नेछ। आजै हुने समूह बी का हङकङ र थाइल्यान्डबीचको खेलबाट नेपालको प्रतिद्वन्दी तय हुनेछ।

    सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टिम महिला टी-२० विश्वकपको लागि ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।

    जारी प्रतियोगितामा नेपाल लगातार अविजित रहँदै आएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *