यौन शक्ति बढाउने यस्ता छन् ६ प्राकृतिक तरिकाहरु ! जानी राखौ

    बढ्दो उमेरसँगै कयौ पुरुषहरु कामेच्छामा कमी भएको अवस्थाको सामना गरिरहेका हुन्छन् । विज्ञहरुका अनुसार यो ठूलो समस्या होइन् ।कोही मानिस आफ्नो सेक्स चाहना बढाउन चाहन्छ भने यसका लागि कुनै औषधी आवश्यक छैन । प्राकृतिक तरिकाले यसको समाधान गर्न सकिन्छ ।अहिलेको व्यस्त

    लाइफ र कामको प्रेसरबाट उत्पन्न हुने तनाव, व्यक्तिगत सम्बन्धमा आएका समस्या, स्वास्थ्यसँग जोडिएका समस्या, बढ्दो उमेरमा सेक्स चाहना घट्नुका प्रमुख कारण मानिन्छन् ।यौन चाहना बढाउनका लागि पुरुषहरु अक्सर कयौं औषधीहरु प्रयोग गरिरहेका हुन्छन् । तर, सेक्स पावरलाई प्राकृतिक तरिकाबाट पनि बढाउन सकिन्छ ।

    १. स्वस्थ डाइट – आफ्नो दैनिक जीवनमा हेल्दी डाइटको सेवक गर्नाले सेक्सको चाहना बढ्न सक्छ । त्यसका लागि आफ्नो खानामा कम गुलियो खानेकुरा, हरियो पातवाला सागसब्जी र प्रोटिनयुक्त डाइट सामेल गर्नुपर्छ ।

    २. तनाव व्यवस्थापन – हरेक मानिसको जीवन अलगअलग स्टेजमा कुनै न कुनै तनावसँग जुधिरहेको हुन्छ । तर, यस्ता तनावका बेला आफूलाई शान्त राख्न जरुरी हुन्छ । धेरै चिन्ता तपाईको यौन चाहनालाई कम गर्न सक्छ । खराब अवस्थामा आफूलाई चिन्तामुक्त राख्ने बानी बनाउनुपर्छ । जसले यौन चाहना कम हुने समस्यालाई हटाउन सहयोगी हुन्छ ।

    ३. आठ घण्टा निन्द्रा – राम्रो निन्द्रा कयौं बिरामीको रामवाण उपचार हो । यसको गहिरो सम्बन्ध यौन चाहनामा पनि हुन्छ । सन् २०१५ मा भएको एक अनुसन्धानकाअनुसार यदि तपाई रातमा दैनिक कमसेकम ८ घण्टा निदाउनु हुन्छ भने त्यसको राम्रो प्रभाव यौन जीवनमा पनि पर्छ ।

    ४. वजन बढ्न – नदिनु कयौं वैज्ञानिकहरु मोटोपनलाई सेक्स चाहना कम हुनुसँग जोड्छन् । बढी वजन हुँदा टेस्टोस्टेरोन लेभल कम हुने खतरा रहन्छ । त्यसकारण आवश्यकताभन्दा बढी वजन हुनबाट बच्नुपर्छ । यसबाट यौन चाहना बढ्न सक्छ ।

    ५. हर्बल उपचार – पुरुषमा यौन चाहना बढाउनका लागि हर्बल उपचार कति असरदार छ भन्ने विषयमा धेरै कम अनुसन्धान भएका छन् । तर, यसका बाबजुद कयौं फाइदा हुन सक्छन् । सन् २०१५ को अध्ययनअनुसार यस उपचारबाट यौन क्रिया राम्रो हुन सक्छ ।

    ६. नियमित एक्ससाइज – यदि तपाई दैनिक एक्ससाइजलाई नियमितता दिनुहुन्छ भने यो यौन इच्छा बढाउनका लागि सहयोगी हुन सक्छ । सन् २०१५ मा टेस्टोस्टेरोनको लेभल कम हुने पुरुषमा अध्ययन गरिएको थियो । जसमा जो व्यक्ति नियमित एक्ससाइज गर्छन्, उनीहरुको यौन चाहना बढी पाइएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *