सुत्नुअघि के खाने के नखाने ? हेर्नुहोस्

    सुत्नुअघि के खाने के नखाने ? हेर्नुहोस्

    राम्रो स्वास्थ्य निद्रासँग नजिकको सम्बन्ध छ । निद्राको कमीले गम्भीर रोगहरूको जोखिममा पार्न सक्छ । खानपानले निद्रामा पनि असर गर्छ । लामो समयसम्म बाधा पुर्‍याउन सक्छ । सुत्नुअघि के खाने के नखाने ? जान्नुहोस् ।

    नखाने
    –जंक फूडले सुत्न गाह्रो बनाउँछ ।
    –क्याफिनले निद्रालाई गम्भीर रूपमा बाधा पुर्‍याउन सक्छ । यो तत्त्व कफी, चिया र डार्क चकलेटमा पाइन्छ ।
    –टमाटरले एसिडिटी हुन सक्छ । त्यसैले सुत्नुअघि टमाटर नखाँदा हुन्छ । टमाटरले बेचैनी पनि बढाउन सक्छ जसले निद्रामा बाधा पुर्‍याउन सक्छ ।
    –अल्कोहलले तपाईंको निद्रामा बाधा पुर्‍याउन सक्छ ।
    –मसलायुक्त खानेकुराले तपाईंलाई राती उठाउन सक्छ । यसले पेट दुख्ने र एसिडिटी हुन सक्छ ।
    –सुत्नुअघि धेरै मिठाइहरू नखानुहोस् । यसले गर्दा निदाउन गाह्रो हुन्छ ।
    –जंक फूडले राम्रोसँग निदाउन गाह्रो बनाउँछ । यसमा चिनी, बोसो र कार्बोहाइड्रेट बढी हुन्छ जसले निद्रामा समस्या निम्त्याउँछ । फास्ट फूडले मोटोपना पनि बढाउँछ जसले स्लीप एपनिया रोग निम्त्याउन सक्छ ।

    खाने
    –तातो दूध राम्रो निद्राको लागि लोकप्रिय घरेलु उपचार हो । बाल्यकालदेखि हामीलाई सुत्ने समयमा दूध पिउन सल्लाह दिइन्छ ।
    –आरामदायी निद्राको लागि क्यामोमाइल चिया राम्रो विकल्प हो । अनिद्रा अर्थात् निद्रा नलाग्ने मानिसहरूलाई सुत्नुअघि यो पिउन भनिन्छ ।
    –बदाम र ओखर यी ड्राई फ्रुट्समा निद्राको नियमन गर्ने हर्मोन मेलाटोनिनको मात्रा उच्च हुन्छ । यसले निद्राको गुणस्तर सुधार गर्छ ।
    –किवी फलमा निद्रा सुधार गर्ने धेरै गुणहरू छन् । एक अध्ययनका अनुसार सुत्नुभन्दा एक घण्टा अगाडि दुईवटा किवी खाँदा चाँडो निन्द्रा लाग्छ ।
    –सुत्नुभन्दा एक घण्टा अगाडि सेतो भात खाँदा निद्राको गुणस्तरमा सुधार हुन्छ । यसले तपाईंको निद्राको अवधि पनि लम्ब्याउँछ । तर यसमा कार्बोहाइड्रेट बढी हुने भएकाले यसलाई सही मात्रामा खानु राम्रो हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *