यी रोग भएकाहरुका लागि बासी रोटी फाइदाजनक

    यी रोग भएकाहरुका लागि बासी रोटी फाइदाजनक

    तनाव

    यदि तपाइँको पेट खराब भइरहन्छ भने तपाइँ प्राय तनावबाट पीडित हुनुहुन्छ । दुध र बासी रोटीको सेवनले तनाव घटाउनुका साथै पेटसँग सम्बन्धित हरेक किसिमका समस्या ठिक गर्न मद्दत गर्दछ ।

    सुगर

    जुन व्यक्ति बिहान दुधसँग बासी रोटी खाएर काममा निस्कन्छ, उसको रगतमा सुगरको मात्रा नियन्त्रणमा रहन्छ ।

    उच्च रक्तचाप

    यदि तपाइँ उच्च रक्तचाप वा ब्लडप्रेसरबाट पीडित हुनुहुन्छ भने बासी रोटी खानु धेरै फाइदादायक हुन्छ । यसका लागि बिहान सबेरै चिसो दुधसँग बासी रोटी खानुपर्ने हुन्छ ।

    यसो गर्नाले बढेको रक्तचाप सन्तुलनमा ल्याउन सहयोग गर्छ ।

    ग्यास्ट्रिक

    लामो समयसम्म भोको बस्नाले कहिलेकाहीं पेटमा ग्याँस वा एसिडिटी बढ्न गर्इ समस्या झेल्नुपर्ने हुन्छ । त्यही एसिडिटीकै कारण तनाव एवं सुगर जस्ता रोगको सामना गर्नुपर्ने अवस्था पनि आउँछ ।

    त्यसैले यदि तपाइँ बिहान बासी रोटी दुधसँग खाने गर्नुहुन्छ भने ग्यास्ट्रिकको समस्या त हट्छ नै, साथसाथै सुगर पनि नियन्त्रण गर्दछ ।

    हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

    मैदाको रोटी र पास्ताले हुन सक्छ मानसिक समस्या जानिराखाैँ

    मैदाको रोटी र पास्ताजस्ता खानेकुरामा पाइने ग्लुटेन -खानेकुरामा पाइने प्रोटिनको समूहले मानिसहरुमा मानसिक समस्या पनि निम्त्याउने पत्ता लागेको छ ।

    वैज्ञानिकहरुका अनुसार केही मानिसहरुमा मैदाको रोटी र पास्ता खाएपछि त्यसमा रहेको ग्लुटेन नामको तत्वले मानसिक स्वास्थ्यमा विभिन्न समस्या ल्याउँछ ।

    सेलिएक समस्या (सजिलै खानेकुरा नपच्ने) का कारण मानिसहरु साँच्चै नै प्रोटिनयुक्त खानेकुरा धेरै रुचाउँदैनन् । करिब १ प्रतिशत मानिसमा यो समस्या हुन्छ । तर, यो भन्दा धेरै करिब १२ प्रतिशत मानिसहरुलाई भने ग्लुटेनले समस्या पार्छ जसले पेट फुल्ने र वान्ता हुने गर्छ ।

    नन सेलिएक ग्लुटेन संवेदनशीलता साँच्चै हुन्छ वा मष्तिस्कमा मात्रै हुन्छ भनेर निर्धारण गर्न शोधकर्ताहरुले ब्लाइन्ड फुड टेस्ट गरे र ती मानिसहरुको लक्षणहरुको परीक्षण गरे ।

    यो प्रक्रियाबाट उनीहरुले केही मानिसहरुलाई उच्च ग्लुटेनको सेवन पछि वास्तविक रुपमा मानसिक स्वास्थ्य समस्याहरु देखिएको पाए । उक्त अध्ययन मेलबर्न अष्ट्रेलियाका ला ट्रोब विश्वविद्यालयका शोधकर्ताहरुले गरेका थिए ।

    धेरै सातासम्म १४ जना सहभागीहरुलाई ग्लुटेन भएको र नभएको दुवैथरी दही र मफिन दिइएको थियो । तर, सहभागीहरुलाई कुनमा ग्लुटेन छ र कुनमा छैन भन्ने थाहा दिइएको थिएन ।

    दुवै खालको खानेकुरा खाएपछि सहभागीहरुले भने उनीहरुलाई समान स्तरको पेट फुल्ने र बाउँडिने समस्या भएको बताए र त्यसले त्यो ग्लुटेन सेन्सिटिभिटी भन्दा अन्य चीजको कारणले भएको थाहा भयो ।

    न्यू साइन्टिस्टका अनुसार विज्ञहरुले पेट फुल्ने र बाँउडिने कारण फ्लुक्टान भनिने कार्वोहाइड्रेटको कारणले वा ग्लुटेनकोे डरको कारणले भएको हुनसक्ने बताएका छन्।

    तर, उनीहरुले अध्ययनबाट जब मानिसहरुले ग्लुटेन खान्छन् त्यसपछि उनीहरु थकित जस्तो देखिने र उनीहरुमा सकारात्मक भावनाहरुको अनुभव कम हुने पत्ता लगाए । यसले ग्लुटेनले साँच्चै मानिसको मष्तिस्कमा असर गर्ने देखाउँछ ।

    शोधको नेतृत्व गरेकी डा. जेसिका बिसेइकिरेस्कीले भनिन्, ‘हामीले ग्लुटेन खानसाथै सबैलाई निश्चत रुपमा निराश बनाउँछ भनेका छैनौं । यसले थोरै संख्याका मानिसहरुलाई मात्रै असर गर्छ ।’

    ‘तर, मानिसहरुलाई ग्लुटेन नभएको खानेकुरा खाएपछि राम्रो महसुस भयो भनेर चाहिँ भन्न सकिन्छ’ उनले भनिन् ।

    बिसेइकिरेस्कीका अनुसार मानिसहरुले ग्लुटेन खान छोडेपछि ताजा फलफूल र सागसब्जीहरु खान र स्वस्थ जीवनशैली अपनाउन चाहन्छन् ।

    उनको अध्ययनले पत्ता लगाएको तथ्यहरु एक अर्को पुरानो अध्ययनसँग मिल्दोजुल्दो छ जसले प्रोटिन सेन्सेटिभ भन्दा धेरै ग्लुटेन सेन्सेटिभ मानिसहरुमा निराशाको लक्षणहरु धेरै देखापर्ने पत्ता लगाएको थियो ।

    सन् २०१५ मा इटालीमा गरिएको अध्ययनले ग्लुटेन संवेदनशील मानिसहरुमा ग्लुटेनको सेवनपछि निराशामा बढाउने र ब्रेन फगिनेस हुने तथ्य पत्ता लगाएको थियो ।

    अष्ट्रेलियाको न्युक्यासल विश्वविद्यालयका शोधकर्ता माइकल पोट्टर भन्छन्, ‘यी अध्ययनहरुले साँच्चै नै यस्ता मानिसहरुलाई ग्लुटेनको कारणले मानसिक स्वास्थ्य समस्याहरु देखिने र उनीहरुलाई विभिन्न अध्यारो चुनौतीहरु आइपर्ने देखाउँछ ।’

    डाक्टर बिसेइकिरेस्कीको टिमले पत्ता लगाएका तथ्यहरु गत साता ग्यास्ट्रोएन्टेरोलोजिकल सोसाइटी अफ अष्ट्रेलियामा प्रस्तुत गरिएको थियो ।

    यस्ता अवस्थामा खानुहुँदैन सोयाबीन, नखानुहोस् बढाउनेछ समस्या !

    आजकाल मसल्स बनाउन र तौल कम गर्ने डाइट प्लानमा मानिसहरु प्रोटिन सप्लिमेन्टको रुपमा खानामा सोयाबीन समावेश गर्ने गर्छन् । यसलाई दैनिक खाने पनि गर्छन् । सोयाबीनमा दुध, अण्डा र मासुमा भन्दा धेरै प्रोटिन पाइन्छ ।

    तर एमिनो एसिड, क्याल्सियम र फाइबरले भरपुर सोयाबीन थुप्रैका लागि हानिकारक पनि हुनसक्छ । हाइपरटेन्शनदेखि मृगौलासम्मको रोगलाई यसले थप वृद्धि गर्नसक्छ ।

    भारतकी डाइटिशियन एवं न्यूट्रिशियन एक्सपर्ट ज्योती शर्माका अनुसार सोयाबीनबाट हुने एलर्जी गहुँका उत्पादन (ग्लूटेनको एलर्जी) बाट हुने एलर्जीको तुलनामा धेरै हुन्छ । केही रोग भएका व्यक्तिले यसको सेवन गरे थप समस्या निम्त्याउन सक्छ । आउनुहोस्, यसबारे जानकारी लिऔं

    मुटु रोग

    यदि तपाईंलाई कुनै प्रकारको मुटु रोग छ भने सोयाबीन नखानुहोस् । अनुसन्धानका अनुसार यसमा ट्रान्स फ्याट कम हुन्छ जुन मुटुका लागि राम्रो मानिँदैन । यसले हाइपरटेन्सन बढाउने काम पनि गर्दछ ।

    गर्भवती महिला

    डा. शर्माका अनुसार सोयाबीनमा एमिनो एसिड हुन्छ जसले शिशुको विकास रोक्ने काम गर्दछ । त्यसकारण गर्भवती महिलाले यसको सेवन गर्नुहुँदैन ।

    मृगौलाको समस्या हुँदा

    मृगौलाको काम प्रोटिनलाई फिल्टर गर्नु पनि हो र सोयाबीनमा भरपुर मात्रामा प्रोटिन पाइन्छ । यस्तोमा जुन व्यत्तिलाई मृगौलासम्बन्धि रोग छ उनीहरुले सोयाबीन निकै कम मात्रामा खानुपर्छ ।

    थाइराइडका बिरामीले

    सोयाबीनमा पाइने केही एमिनो एसिडले हर्मोनलाई प्रभावित गर्दछ । सोयाबीन थाइराइडसँग जोडिएको थाइरोक्सिन हर्मोनलाई कम वा वृद्धि गर्छ । यसले थाइराइडलाई बढाउने गर्दछ । त्यसकारण थाइराइडका बिरामीले सोयाबीनबाट टाढै रहनुपर्छ ।

    सोयाबीन खानुका फाइदा पनि छन्

    एसिडिटीबाट राहत

    यदी तपाईं एसिडिटी को समस्याबाट ग्रसित हुनुन्छ भने सोयाबीनको आटाको रोटी खान आवश्यक हुन्छ । जसले पेटलाई सफा राख्छ एसिडिटी की समस्या हट्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *