यी हुन् २०८० सालमा हुने सार्वजनिक विदाहरु , हेर्नुहोस सुचिसहित !

    यी हुन् २०८० सालमा हुने सार्वजनिक विदाहरु , हेर्नुहोस सुचिसहित !

    २०८० सालमा दिने सार्वजनिक विदा टुंगो लगाएको छ ।वर्षको विदा टुंगो लगाएर गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेको छ । सरकारले शनिबार बाहेक पर्व विदा, जात्रा विदा,
    महिला कर्मचारीलाई मात्रै दिइने विदा, शिक्षण संस्थाको लागि मात्रै हुने विदा, दशैं, तिहारको विदा, दिवस विदा, जन्म जयन्ती विदा लगायतको सार्वजनिक विदा टुंगो लगाएको हो ।

    मन्त्रालयका अनुसार सरकारले शनिबार बाहेक पर्व विदा, जात्रा विदा, महिला कर्मचारीलाई मात्रै दिइने विदा, शिक्षण संस्थाको लागि मात्रै हुने विदा, दशैं, तिहारको विदा, दिवस विदा, जन्म जयन्ती विदा लगायतको सार्वजनिक विदा टुंगो लगाएको हो । सार्वजनिक बिदाको दिन बाहेक वर्षभरीमा ५२ दिन भने शनिबार बिदा हुनेछ ।

    यो साल बिदाको सुरुवात वैशाख १ गतेबाट हुनेछ। दोस्रो विदा उभौली पर्व जेठ २ मा दिइएको छ। रक्षा बन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, छठपर्व, क्रिसमस, ल्होसार, महाशिवरात्रि, बकर इद, फागु पूर्णिमा गरी सार्वजनिक बिला दिइएको छ।यसपालि नेपालीहरुको ठूलो चाड दशैंमा घटनास्थापनाको दिन असोज १० र फुलपाती १६ देखि द्वादशी २१ गतेसम्म एक साता बिदा दिइएको छ। त्यसैगरी तिहार पर्वमा लक्ष्मी पूजा कात्तिक ७ देखि टिकाको भोलिपल्ट ११ गतेसम्म पाँच दिनका लागि बिदा दिइएको छ।

    गृहसचिव टेकनारायण पाण्डेले हस्ताक्षर गरेको सूचनामा विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवसमा पनि बिदा दिइएको छ।बुद्ध जयन्ती, फाल्गुनन्द जयन्ती, गुरुनानक जयन्तीमा बिदा दिइएको छ। तर नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा भने बिदा दिइएको छैन। पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय एकता दिवस राष्ट्रिय रुपमा मनाउने तर बिदा नदिने सूचनामा उल्लेख छ।

    नेपाल सरकारले घोषणा गरेबाहेक स्थानीय धर्म संस्कृतिलाई प्रदेशले गरेको सार्वजनिक बिदामा बढीमा ६ दिन संघीय कार्यालयमासमेत बिदा लागु हुने र त्योभन्दा बढी दिन बिदा घोषणा गरेमा उपत्यकाका तीन जिल्लामा लागु नहुने सूचनामा उल्लेख छ।

    वैशाख (Baishakh)

    नयाँ वर्ष / मेष संक्रान्ति / बिस्का: जात्रा/महावीर जयन्ती/प्रदोष व्रत
    (Nepali New Year / Mesh Sankranti / Biska Jatra/Mahavir Jayanti/Pradosh Vrata) १ वैशाख २०७९ (1 Baishakh 2079 ) 2022 April 14
    अन्तर्राष्ट्रिय श्रमिक दिवस/ललितपुर मत्स्यन्द्रनाथ रथारोहण
    (International Labour Day/Lalitpur Matsyanarayan Ratharohan) १८ वैशाख २०७९ (18 Baishakh 2079 ) 2022 May 1

    जेठ (Jestha)

    बुद्ध जयन्ती / उभौली पर्व/गोरखनाथ जयन्ती/चण्डी पूर्णिमा व्रत/बैसाख स्नान समाप्ति
    (Buddha Jayanti / Ubhauli Parwa/Gorakhnath Jayanti/Chandi Poornima Wrata/Baisakh Snan Samapti) २ जेठ २०७९ (2 Jestha 2079 ) 2022 May 16
    गणतन्त्र दिवस/बटसावित्री व्रत
    (National Republic Day/Bata sabitri Wrata) १५ जेठ २०७९ (15 Jestha 2079 ) 2022 May 29
    असार (Ashar)
    यस महिनामा कुनै पनि बिदा छैन।

    साउन (Shrawan)

    जनै पूर्णिमा / रक्षा बन्धन/ऋषितर्पणी/क्वाटी खाने दिन/संस्कृत दिवस
    (Janai Purnima/ Rakshya Bandhan/Rishi Tarpani/Kwati Khane Din/Sanskrit Diwas) २७ साउन २०७९ (27 Shrawan 2079 ) 2022 August 12

    भदौ (Bhadra)

    श्रीकृष्ण जन्माष्टमी/रामेछाप चिसापानी हिले जात्रा/गूङा नवमी
    (Shree Krishna Janmashtami/Ramechhap Chisapaani Hile Jatra/Goonga Nawami) ३ भदौ २०७९ (3 Bhadra 2079 ) 2022 August 19
    हरितालिका तीज व्रत (महिला विदा)/विश्व बेपत्ता विरुद्धको दिवस
    (Haritalika Teej Vrata/International Day of the Victims of Enforced Disappearances) १४ भदौ २०७९ (14 Bhadra 2079 ) 2022 August 30

    असोज (Ashwin)

    जितियापर्व (जितिया पर्व मनाउने महिला कर्मचारीलाई मात्र)/अष्टमी श्राद्ध
    (Jitiya Parwa (For Womens Who Celebrate Jitiya)/Asthami Shraddha) २ असोज २०७९ (2 Ashwin 2079 ) 2022 September 18
    संविधान दिवस/विश्व आत्महत्या रोकथाम दिवस/नवमी श्राद्ध

    (Sambidhan Diwas/World Suicide Prevention Day/Nawami Shraddha) ३ असोज २०७९ (3 Ashwin 2079 ) 2022 September 19
    घटस्थापना / नवरात्र आरम्भ/अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस
    (Ghatasthapana/International Day For The Elimination Of Nuclear Weapons) १० असोज २०७९ (10 Ashwin 2079 ) 2022 September 26
    फूलपाती/विश्व अहिंसा दिवस
    (Fulpati/World Non Violence Day) १६ असोज २०७९ (16 Ashwin 2079 ) 2022 October 2

    महाअष्टमी
    (Maha astami) १७ असोज २०७९ (17 Ashwin 2079 ) 2022 October 3
    महानवमी/स्याकूट्याकू/विश्व पशु दिवस
    (Maha Nawami/syakutyaku/World Animal Day) १८ असोज २०७९ (18 Ashwin 2079 ) 2022 October 4
    विजया दशमी/देवी विसर्जन/विश्व शिक्षक दिवस
    (Bijaya Dashami/Devi Bisharjan/World Teachers Day) १९ असोज २०७९ (19 Ashwin 2079 ) 2022 October 5
    पापांकुशा एकादशी व्रत
    (Papakunsa Ekadashi) २० असोज २०७९ (20 Ashwin 2079 ) 2022 October 6
    दशैं विदा/प्रदोष व्रत/विश्व मुस्कान दिवस
    (Dashain Holiday/Pradosh Vrata/World Smile Day) २१ असोज २०७९ (21 Ashwin 2079 ) 2022 October 7

    कार्तिक (Kartik)

    लक्ष्मी पुजा / महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती/कुकुर तिहार/नरक चतुर्दशी/सुखरात्री/संयुक्त राष्ट्रसंघ दिवस / विश्व विकास सूचना दिवस
    (Laxmi Pooja/ Laxmi Jayanti/Kukur Tihar/Narak Chaturdashi/Sukha Ratri/UN day / World Development Information Day) ७ कार्तिक २०७९ (7 Kartik 2079 ) 2022 October 24
    गाई पूजा/खण्डग्रास सूर्यग्रहण

    (Gaigoru Puja/Khandagras Surya Grahan) ८ कार्तिक २०७९ (8 Kartik 2079 ) 2022 October 25
    गोवर्धन पूजा/म्हपूजा/हलि तिहार/नेपाल सम्वत ११४३ प्रारम्भ/अन्तरलिङ्गी जनचेतना दिवस
    (Gobardan Puja/Mha Puja/Hali Tihar/Nepal Sambat 1143 Starts/Intersex Awareness Day) ९ कार्तिक २०७९ (9 Kartik 2079 ) 2022 October 26
    भाइटीका / किजा पूजा
    (Bhai TIka/ Kija Pooja) १० कार्तिक २०७९ (10 Kartik 2079 ) 2022 October 27
    तिहार विदा

    (Tihar Holiday) ११ कार्तिक २०७९ (11 Kartik 2079 ) 2022 October 28
    छठपर्व व्रत
    (Chhath Parwa Vrata) १३ कार्तिक २०७९ (13 Kartik 2079 ) 2022 October 30
    खग्रास चन्द्रग्रहण/गुरु नानक जयन्ती (सिख धर्मावलम्बीहरुलाई मात्र)/निम्बार्काचार्य जयन्ती/चतुर्मास व्रत समाप्ति /कार्तिक स्नान समाप्ति/विश्व रेडियोग्राफी दिवस
    (Khagras Chandra Grahan/Guru Nanak Jayanti/Nimbarkacharya Jayanti/Chaturmas Wrata Samapti/ Kartik Snan Samapti/World Radiography Day) २२ कार्तिक २०७९ (22 Kartik 2079 ) 2022 November 8

    मंसिर (Mangsir)

    उधौली पर्व / धान्यपुर्णिमा/योमरीपुन्हि
    (Dhanya Poornima / Udhauli Parba/Yomari Punhi) २२ मंसिर २०७९ (22 Mangsir 2079 ) 2022 December 8
    पुष (Paush)
    यस महिनामा कुनै पनि बिदा छैन।

    माघ (Magh)

    माघे संक्रान्ति / मकर संक्रान्ति / घ्यु चाकु खाने दिन/उत्तरायण आरम्भ/मकर स्नान आरम्भ
    (Makar Sankranti /Maghe Sankranti/ Ghiu chaku khane Din/Uttarayan Arambha/Makar Snan Arambha) १ माघ २०७९ (1 Magh 2079 ) 2023 January 15
    वसन्तपञ्चमी व्रत /सरस्वती पूजा (शिक्षण संस्था विदा)/अन्तर्राष्ट्रिय भन्सार दिवस
    (Basanta Panchami Brata (Saraswati Pooja)/International Custom Day) १२ माघ २०७९ (12 Magh 2079 ) 2023 January 26

    फागुन (Falgun)

    महा शिवरात्री / नेपाली सेना दिवस/सिलाचःह्रे पूजा/शनि प्रदोष व्रत
    (Maha-Shivaratri / Army Day/Silachahre Puja/Shani Pradosh Vrata) ६ फागुन २०७९ (6 Falgun 2079 ) 2023 February 18
    प्रजातन्त्र दिवस / निर्वाचन दिवस
    (Prajatantra Diwas / Election Day) ७ फागुन २०७९ (7 Falgun 2079 ) 2023 February 19

    ग्याल्पो ल्होछार/अन्तर्राष्ट्रिय मातृभाषा दिवस/सामाजिक सेवा दिवस

    (Gyalpo Lhosar/International Mother Language Day/Social Work Day) ९ फागुन २०७९ (9 Falgun 2079 ) 2023 February 21
    फागु पुर्णिमा (पहाडी जिल्ला बिदा)/विश्व मुख स्वास्थ्य दिवस / अन्तर्राष्ट्रिय खुशी दिवस
    (Fagu Poornima / Holi/World Oral Health Day / International Day of Happiness) २२ फागुन २०७९ (22 Falgun 2079 ) 2023 March 6
    फागु पुर्णिमा (तराइ बिदा)/पूर्णिमा व्रत/पूर्णिमा व्रत
    (Fagu Poornima (Terai)/Poornima Vrata/Poornima Vrata) २३ फागुन २०७९ (23 Falgun 2079 ) 2023 March 7
    तेल लगाउने र आँपको मुजुरा खाने दिन/नारी दिवस/गणगौरपूजा प्रारम्भ
    (Tel Lagaune Ra Aapko Mujura Khane Din/International Womens Day/Ganagaur Puja Praarambh) २४ फागुन २०७९ (24 Falgun 2079 ) 2023 March 8

    चैत (Chaitra)

    घोडेजात्रा
    (Ghode Jaatra) ७ चैत २०७९ (7 Chaitra 2079 ) 2023 March 21