राती सुत्नु अघि दूधमा यो एक चिज मिसाएर खानुहोस् : हड्डी बलियो हुन्छ, शरीरको शक्ति बढ्छ

    राती सुत्नु अघि दूधमा यो एक चिज मिसाएर खानुहोस् : हड्डी बलियो हुन्छ, शरीरको शक्ति बढ्छ

    शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न मानिसले विभिन्न खालका खानेकुरा खाने गर्छन् । विज्ञले पनि भिटामिन र पोषक तत्त्वले भरपुर हरियो सागसब्जी, ताजा फलफूल, ड्राई फ्रुट्स आदि खान सल्लाह दिन्छन् । तीव्र रूपमा फेरिँदै गएको जीवनशैलीका कारण विभिन्न खालका स्वास्थ्य समस्या मानिसमा देखिन थालेको छ । यीमध्ये कति समस्या घरेलु उपचारपश्चात् ठिक हुन्छन् । शरीरलाई शक्तिशाली बनाउन चाहनेले दैनिक रूपमा दूध पिउने गर्छन् । बेसार मिसाएर पिउँदा दूधको शक्ति बढ्छ । तर दूधमा घिउ मिसाएर पिउने सल्लाह निकै कमले दिने गर्छन् । यसको सम्मिश्रण कतिलाई अचम्मको पनि लाग्ला । आउनुहोस्, आज हामी यही सम्मिश्रणबारे कुरा गरौँ ।

    पाचन प्रक्रियामा सुधार

    टाइम्स अफ इन्डियामा छापिएको एक खबर अनुसार दूधमा सधैँ घिउ मिसाएर पिउँदा पाचन प्रक्रिया बलियो हुन्छ । यसको सेवनले पेटसँग सम्बन्धित समस्याबाट छुटकारा दिन्छ । यसले तौल कम गर्न पनि सहयोग गर्छ । यदि तपाईंलाई वा तपाईंले चिने जानेकामध्ये कसैलाई कब्जियतको समस्या छ भने उनीहरूलाई सधैँ गाइको दूधमा घिउ मिसाएर पिउने सल्लाह दिनुहोस् र आफू पनि पिउनुहोस् । यसले एसिडिटी पनि हटाउँछ । यसको सेवनले पेट सफा हुन समस्या हुँदैन ।

    प्रतिरोधी क्षमता बढाउँछ

    दूधमा घिउ मिसाएर पिउँदा प्रतिरोधी क्षमता बलियो हुन्छ । यसले शरीरको रोग प्रतिरोधी क्षमतालाई पनि बढाउँछ जसका कारण रोगसँग लड्ने शक्ति मिल्छ । यो आन्द्राका लागि पनि फाइदाजनक छ ।

    जोर्नी दुखाइमा राहत

    दूधमा घिउ मिसाएर पिउँदा जोर्नी दुखाइमा पनि राहत मिल्छ । दूधमा क्याल्सियम हुन्छ । यस्तै घिउमा ओमेगा थ्री र ६ फ्याटी एसिड पाइन्छ । यसले शरीरको दुखाइबाट राहत दिन्छ । यसले ऐँठनको समस्या पनि हुन दिँदैन ।

    शक्ति बढाउँछ

    दूधमा गाइको घिउ मिसाएर पिउँदा शारीरिक शक्ति बढ्छ । यसको सेवनले शरीरमा ऊर्जा बढ्छ । यसले तपाईंलाई लामो समयसम्म काम गर्न सक्षम बनाउँछ । यसको सेवनले मांसपेशी बलियो हुन्छ । दूधमा दैनिक घिउ हालेर पिउँदा हड्डी बलियो हुन्छ ।

    गर्भवती महिलाका लागि फाइदाजनक

    गर्भवती महिलाले दूधमा घिउ मिसाएर पिउँदा उनीहरूको स्वास्थ्य दुरुस्त हुन्छ । साथै, यसको सेवनले गर्भमा हुर्किरहेको बच्चाको विकास पनि उत्कृष्ट तरिकाले हुन्छ । यद्यपि, यसको सेवनभन्दा अघि डाक्टरको सल्लाह भने पक्कै लिनुहोला ।