इजरायल-हमास युद्धमा ज्यान गुमाउनेको संख्या सङ्ख्या ३ हजार ५ सय नाघ्याे

    इजरायल-हमास युद्धमा ज्यान गुमाउनेको संख्या सङ्ख्या ३ हजार ५ सय नाघ्याे

    गएको शनिवारदेखि जारी इजरायल–हमास युद्धमा ज्यान गुमाउनेको सङ्ख्या दुवैतर्फ गरी तीन हजार पाँच सय नाघेको छ । इजरायली आक्रमणमा २ हजार २ सय १५ जनाको ज्यान जानुका साथै ८ हजार ७ सय १४ जना घाइते भएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, राष्ट्रसङ्घले गाजामा १ हजार ३ सय भवन ध्वस्त भएको जनाएको छ । ५ हजारभन्दा बढी हाउजिङ युनिट र ३ हजार ७ सय ५० घर बस्न नसक्ने गरी क्षति भएको राष्ट्रसङ्घको तथ्याङ्क छ । यस्तै, हमासको आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको सङ्ख्या एक सय जना विदेशीसहित १ हजार ३ सय जना पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।