कपाल झरेर हैरान हुनुहुन्छ ? यस्तो छ रोक्ने उपाय

    कपाल झरेपछि सबैले पाउने एउटै उपनाम हो तालु खुईले,खुईली । कपाल झरेसँगै मानिसहरुको करिअरमा नै ध’क्का लाग्ने गरेको समेत महशुस गर्ने गर्छन् मानिसहरू । कतिपयले तालु खुईलिनुलाई बृद्धि र विवेकसँग दाँज्ने गरिन्छ तर बास्तवमा भने यो होईन ।

    हाम्रो शिरमा कपालमा भएका १ लाख रेसामध्ये एक दिनमा ५० देखि १०० रेसा टुट्नु सामान्य मानिन्छ । तर, यो भन्दा अधिक कपाल झरेमा भने तालु खुइले हुने सम्भावना उच्च भएर जान्छ । यसका लागि केही उपायहरु लगाउनु आवश्यक पर्छ ।

    यसमा विभिन्न खाले पर्यावरणीय प्रभाव, बढ्दो उमेर, अधिक तनाव, अत्याधिक धुम्रपान, पोषक तत्वको कमी, हर्मोनल असन्तुलन, आनुबांशिक कारक, टाउकोमा संक्रमण तथा गलत रसायनको प्रयोग जस्ता कारण कपाल झर्न सक्छन् । आइरनको कमी, पुरानो रोग, थाइराइड विकार जस्ता अन्य धेरै कारण पनि हुनसक्छन् ।

    तालु खुइलिनु पनि एउटा रो’ग नै हो । खासमा तालु २ प्रकारले खुइलिन्छ । सिकाट्राइसियल र नन-सिकाट्राइसियल । सिकाट्राइसियलमा जन्मजात सम’स्या, सुन्निएको अवस्था, कोठी, चो’टपटक वा क्या’न्सरका कारण तालु खुइलिने हुन्छ ।

    त्यस्तै नन-सिकाट्राइसियलमा कहिलेकाहि सानो भाग मात्र खुइलिन्छ भने कहिले पूरा भाग नै । खुइरे भनिने सानो भाग खुइलिने रो’ग वंशाणुगत गुण, मानसिक रोग वा ढुसी संक्रमणका कारण देखिन्छ । त्यस्तै पूरा भाग चाहिँ एलोपेसिया युनिभरसालिसका कारण खुइलिने हुन्छ ।

    पूरा भाग खुइलिएपछि रौंका जरा नष्ट हुन्छन् । जसको कारण कपाल पलाउन सक्दैन र तालु चिल्लो देखिन्छ । नन सिकाट्राइसियल रोगमा रौंका जरा हुने भएकाले पुनः पलाउन सक्छन् ।

    कपाल समयपूर्व नै झर्नु आजकाल सबैभन्दा ठूलो स्वास्थ्य सम्बन्धमध्येको एक हो । कपाल झर्नुका पछाडि धेरै कारण हुनसक्छ जसमा रोग र बंशानुगतका साथै खानपिन पनि समावेश छन् ।

    तपाईंको कपाल के कारणले झरेको छ ? सो को पहिचान गरी समयमै उपचार गर्नको लागि उपयुक्त आयुर्वेदिक चिकित्सकसँग परामर्श लिएर आफ्नो कपालको समस्या अनुसारको उपचार गर्नु उपयुक्त हुन्छ ।