थाइराइड हुँदा के खाने के नखाने ? लक्षण के के हुन् ? कसरी उपचार गर्ने ?

    पछिल्लो समय थाइराइड रोगका बिरामी संसारभरि नै बढिरहेका छन् । खासमा थाइराइड हर्मोन शरीरलाई एकदम आवश्यक पर्छ । टाउकोदेखि खुट्टासम्म शरीरका हरेक अंगलाई यो हर्मोन चाहिन्छ । यसले शरीरको मेटाबोलिज्म (खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया) लाई नियन्त्रण गर्छ ।

    थाइराइड ग्रन्थि हाम्रो घाँटीको तलपट्टि हुन्छ, जसले हर्मोन उत्पादन गर्छ । थाइराइड रोग लाग्यो भने हर्मोन बढी वा कम उत्पादन हुने समस्या हुन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र कम हुनुलाई हाइपो थाइराइडिज्म भनिन्छ ।

    थाइराइड रोग चार किसिमका हुन्छन्, थाइराइड ग्रन्थिमै मासु वा डल्लो पलाउने, थाइराइड नोडुल वा क्यान्सर, हाइपर थाइराडिज्म र हाइपो थाइराडिज्म ।
    आज हामी तपाइहरुलाई हाइपर थाइराडिज्म र हाइपो थाइराइडिज्म बारेमा जानकारी लिएर आएका छौँ ।

    थाइराइड हर्मोन कमी भएको (हाइपो थाइराइडिज्म) का लक्षणहरु:

    अनावश्यक रूपमा तौल बढ्दै जानु

    हातखुट्टाहरू सुनिँदै जानु

    अनुहारहरू सुन्निनु

    चाहिनेभन्दा बढी मात्रामा कपाल धेरै झर्नु

    अल्छीपना धेरै लाग्नु

    सानो सानो काम गर्दा पनि थकाई लाग्नु ।

    छालाहरू फुस्रो हुँदै जानु ।

    घाँटीमा केही अड्केको जस्तो महसुस हुनु ।

    विशेष गरी महिलाहरूमा महिनावारिको गडबडी गराउने, बढी ब्लिडिङ्ग हुने, महिनावारी समयमा नभएर ढिलो हुँदै जाने, गर्भ बस्न समस्या हुने । यदि गर्भ बसिहालेका खण्डमा पनि गर्भपतन हुने थाइराइड हर्मोनको कमी भएको खण्डमा समस्या हुने देखिन्छ ।त्यस्तै शरीरमा चाहिने भन्दा बढी हर्मोन उत्पादन भयो भने त्यसलाई हाइपर थाइराइडिज्म भनिन्छ ।

    यसका लक्षणहरू

    चाहिने भन्दा बढी दुब्लाउँदै जान्छ ।

    भोक धेरै लाग्ने खाना पनि रुच्ने तर पनि मानिस दुब्लाउँदै जाने ।

    शरीर तातो हुने पसिना धेरै आउने

    हातहरू शरीर काँप्ने

    मुटु ढुकढुक हुने मन आत्तिने समस्याहरू देखिन्छ ।

    यसको समयमा उपचार गरिएन भने आँखा ठुलो भएर बाहिर निस्कने समस्या देखिन्छ । जसले पछि आँखा नदेख्ने समस्या र पछि मुटुमा समस्या देखाउन सकिन्छ ।

    हड्डीहरू कमजोर बनाउन सक्छ ।

    थाइराइड रोगका केही भ्रमहरू

    थाइराइड रोग लागेका धेरै बिरामीहरूले के खाने के नखाने भन्ने भ्रमहरू रहेको पाइएको छ । थाइराइड रोग लागेको खण्डमा यो खान हुने वा यो खान नहुने भन्ने कुरा अहिलेसम्म पुष्टि भएको छैन ।

    हामीले काउली बन्दा गेडागुडी खान हुन्न भन्ने सुन्ने गरिन्छ । तर खान नहुने भनेर कतै पनि उल्लेख गरिएको छैन । डाक्टर दिपेन्द्र कार्की भन्छन् यदि कुनै पनि खानेकुरा खाँदा उक्त खानेकुराले आफ्नो शरीरले पचाउँदैन भने त्यस्तो खानेकुरा नखानुहोस् । कुनै खानेकुराले शरीरलाई सन्चो गर्दैन भने नखानुहोस् तर त्यो थाइराइड रोगको कारणले हैन कि शरीरलाई उक्त खानेकुरा नपचेको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *