पोखराको होटलमा महिलाको मृत्यु, ६ जना पक्राउ

    पोखराको नागढुंगास्थित शिला रेस्टुरेन्टमा काम गर्ने १ जना महिलाको मृत्यु भएको छ। मंगलबार साँझ ७ बजेतिर युनिक होटलमा अचेत अवस्थामा भेटिएकी ३८ वर्षीया सुकु विकलाई उपचारका लागि चरक मेमोरियल अस्पतालमा पठाइएको थियो।

    तर अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी श्रवणकुमार थापाले बताए। तनुहँको भीमाद घर भइ विगत १२ वर्षदेखि शिला रेस्टुरेन्टमा काम गर्दै आएकी ती महिलाको शंकास्पद मृत्यु भएपछि प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

    प्रहरीका अनुसार दिउँसो विक र एक जना पुरुष होटलको कोठामा प्रवेश गरेका थिए। त्यसको केहीबेरमा ती पुरुष बाहिरिएका थिए। तर साँझसम्म पनि ती महिला कोठाबाट बाहिर ननिस्किएपछि कोठामा हेर्न जाँदा अचेत अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरिएको थियो।

    विकको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घटना संकास्द रहेकाले हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।