झुक्किएर पनि खुवाउनु हुदैन यस्ता खानेकुराहरु साना केटाकेटीलाई

    कहिलेकाही शिशुको लागि कस्तो आहार उचित हुन्छ भन्ने जानकारी नहुदाँ त्यसले उनीहरुको स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने गरेकाे हुन्छ । बच्चाको लालनपालनको लागि पोषिलो खानेकुरा आवश्यक ठानेर उनीहरुलाई पोषणयुक्त खानेकुरा ख्वाइन्छ तर, त्यस्ता खानेकुरा सानो बच्चाको लागि अनुकुल नहुन पनि सक्छ । त्यसैले कुनैपनि खानेकुरा ख्वाउनुअघि त्यसको असरबारे पनि जान्नु आवश्यक हुन्छ जुम निम्म प्रकार रहेका छन्:

    १) अण्डा: कतिलाई नहुन सक्छ कि बालबालिकामा अण्डाको एलर्जी हुनसक्छ । अण्डाको एलर्जीकै कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ , कसैकसैमा अण्डाको एलर्जी यति धेरै हुन्छ कि अण्डाको सेवनले उनीहरुलाई वान्ता हुनु, पखाला लाग्नु पेट फुल्नुका साथै ज्यानै जानेसम्मको खतरा बढेर जान्छ । यदि अण्डा खाए लगत्तै बच्चाको पेट अचानक फुलेमा, राम्ररी सास लिन नसके, चिलाउने, मुटुको धड्कन बढेमा तुरुन्तै चिकित्सककाहाँ लानुपर्छ।

    २) गाईको दूध: हामीलाई लाग्छ, गाईको दूध पोषिलो हुन्छ, त्यसैले शिशुका लागि फाइदाजनक छ । जबकी एक वर्ष भन्दा साना बालबालिकाको लागि गाईको दूध हानीकारक छ । गाईको दूधमा प्रशस्त मात्रामा भिटामिन, मिनरल्स तथा जिङ्क हुन्छ, जुन साना बच्चाले पचाउन सक्दैनन् । त्यसैले गाईको दूध ख्वाउदा शिशुहरुलाई उल्टी आउने, पेट दुख्ने, आउ पर्ने लगायतका समस्या हुने गर्छ जसले शिशुलको मृगौलालाई समेत नकारात्मक प्रभाव पार्छ । त्यसैले, यदी एक वर्ष मुनीका बालबालिकालाई गाईको दूध नै ख्वाउनु परेमा पनि एक चौथाई दूधमा दुई चाथाई बराबर पानी मिसाएर सेवन गराउन चिकित्सकहरु सल्लाह दिन्छन्।

    ३) माछा: माछामा काडा हुने भएकोले अभिभावक आफ्ना शिशुलाई माछा सेवन गराउन डराउँछन् जुन स्वभाविक पनि छ । माछामा ओमगा ३ नामक फैटी एसिड पाइन्छ । त्यस्तै यसमा मर्करीको मात्रा धेरै हुन्छ, जुन बालबालिकाको शारीरीक विकासको लागि जरुरी पनि छ । यद्यपी, माछामा का-डा हुने भएकोले यस्ता काडावाल माछा ख्वाउन अगाडी सजगता अपनाउन जरुरी पनि छ।

    ४) बदाम: शिुशुलाई कुनै पनि बदाम ख्वाउनु पूर्व सावधानी अपनाउन जरुरी छ । यस्ता बदाम शिशुले चपाउन नसक्ने भएकाले घाटीमा अड्किने सम्भावना बढी रहन्छ । त्यसैले, जब बच्चाको दातँ आउन थाल्छ, तव मात्र शिशुलाई बदाम ख्वाउन उपर्युक्त हुन्छ।

    ५) कैफिनयुक्त पदार्थ: निश्चित उमेर पश्चात्तमात्र कैफिन लिनु उपर्युक्त हुन्छ । सानै उमेरमा कैफिनयुक्त पदार्थको सेवनले शरीरमा नकारात्मक समस्या देखिने गर्छ । यसल बालबालिकामा अनिद्राको समस्या उत्पन्न हुनसक्छ । त्यसैले, कुनै पनि पदार्थ सेवन गराउनु पूर्व चिकित्सकको सल्लाह अनिवार्य मानिन्छ।

    ६) मह: मह हाम्रो स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । जबकी स-साना बालबालिकाहरुको लागि यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । विशेषगरी एक वर्ष मुनीका बालबालिकाको लागि मह निकै हानीकारक छ । ७) घाटीमा अड्कने खानेकुरा: ससाना बच्चाले चबाएर खान सक्दैनन् जसका कारण उनीहरुले खाएको खानेकुरा घाटीमा अड्कने सम्भावना धेरै हुन्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *