भाईरल ज्वरो भगाउने ५ घरेलु उपाय !

    मौसम बदलिसँगै भाईरल ज्वरो ब्यापक रुपमा फैलिँदै गएको छ । भाईरल फैलिनुको कारण नै मौसममा आउने परिवर्तन हो। भाईरलले हाम्रो रोगसँग लड्ने क्षमतलाई कमजोर बनाईदिन्छ । यो एक व्यक्ति देखि अर्को व्यक्तिमा निकै छिटो सर्ने गर्दछ। भाईरल संक्रमण व्यक्तिलाई घाँटी दुख्ने, खोकी लाग्ने, टाउको दुख्ने, शरीरको जोर्नी दुख्ने, वान्ता हुने, टाउको तात्ने, आँखा रातो हुने जस्ता लक्षण देखिन्छ। महामारीको रुपमा फैलिने भाईरललाई घरमा नै सहज उपचार गर्ने विधिको बारेमा आज हामी जानकारी दिनेछौँ ।

    १. बेसार र सुकेको अदुवाको धुलो: अदुवामा रोगसँग लड्ने गुण पाइन्छ जसले ज्वरोलाई ठीक गर्छ । एक चम्चा मरिचको धुलो, एक चम्चा बेसारको धुलो र एक चम्चा अदुवाको धुलोलाई एक कप पानीमा राखेर थोरै चिनीसँग उमाल्ने । उमालेर आधा जति पानी सुकेपछि बाँकी भएको पानीलाई सेलाएर पिउनाले भाईरल ज्वरोबाट मुक्ति पाईन्छ।

    २. तुलसीको प्रयोग: एक चम्चा ल्वाङको धुलोसँग १० देखि १५ वटा तुलसीको ताजा पातलाई एक लिटर पानीमा राखेर उमाल्ने। पानीलाई यति उमाल्नुहोस् कि जब सम्म सुकेर आधा नहोस् । यसरी तयार भएको पानीलाई चिसो बनाएपछि प्रत्येक एक घण्टाको अन्तरालमा पिउने हो भने भाईरलबाट छिटै मुक्ति मिल्छ।

    ३. धनियाँको चिया: धनियाँलाई स्वास्थ्यको लागि पनि धनी मानिन्छ । त्यसैले यसलाई भाईरल ज्वरो र अन्य रोगको समाधानको लागि पनि प्रयोग गरिन्छ । भाईरल ज्वरोलाई साम्य पार्न धनियाँको चिया पिउनु उपयुक्त हुन्छ।

    ४. मेथीको पानी: हरेकको भान्छामा सजिलै उपलब्ध हुने गर्छ मेथी । एक कप मेथीको दानालाई रातभर भिजाउने र बिहान उठेपछि यसलाई छानेर हरेक घण्टामा मेथी भिजाएको पानी पिउने गर्नाले भाईरलबाट छिटै आराम मिल्छ। ५. कागती र मह: कागतीको रस र महले पनि भाईरल ज्वरोलाई कम गर्छ । त्यसैले महसँग कागतीको रस मिसाएर खाने गर्नुपर्दछ।

    यो पनि,किन किड्नी खराब हुन्छ ? १. चिसो सर्दी र चिसोको समस्या भइरहन्छ भने यसप्रति अज्ञानता नदेखाउनुहोस् । चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग लाग्छ । यसले किड्नीमा व्याक्टेरिया उत्पन्न गर्छ। २. खानामा धेरै नून खाँदा वा अन्य नूनिलो खानेकुराले पनि किड्नी खराब बनाउँछ । नूनले सोडियम ब्लड प्रेसर गराउँछ, जसको असर किड्नीमा पर्छ।

    ३. पिसाब रोक्दा पिसाव थैली भरिन्छ । पिसाब भरिएर किड्नीसम्म पुग्छ । पिसाबमा हुने व्याक्टेरियाले किड्नीलाई हानी गर्छ । ४. पानी कम वा ज्यादा पिउनु शरीरलाई दैनिक ८ देखि १० गिलास पानी पिउनु जरुरी छ । थोरै पानी पिउदा पनि शरीरमा जम्मा भएको विकारले किड्नीको नियमित कार्यलाई असर गर्छ । ज्यादा पानी पिउदा पनि किड्नीलाई असर गर्छ ।

    ५. चुरोट वा तमाखु खाने सिगरेट पिउँदा वा तमाखु खादा शरीरमा विष जम्मा हुन्छ जसले किड्नी ड्यामेज गर्ने सम्भावना हुन्छ । धुमपानले प्रेसर बढाउँछ र अन्त्यमा किड्नीलाई असर गर्छ। ६. जापानमा गरिएको एक अनुसन्धान अनुसार धेरै कोल्ड ड्रिंस वा चिसो पिउनेलाई पनि किड्नी ड्यामेजको सम्भावना हुन्छ । कोल्ड ड्रिंसमा हुने अर्थोफोस्फोरस एसिडले किड्नीलाई गम्भीर हानी गर्छ ।

    ७. सामान्य मानिसको तुलनामा धेरै खाने मानिसलाई पनि किड्नीको समस्या हुन्छ । बढी खाँदा तौल बढ्छ । तौल बढी भएपनि किड्नीसँग सम्बन्धित विभिन्न समस्या हुन्छ । ८. ज्यादा ननभेज खानेकुरा मासुमा प्रर्याप्त मात्रामा प्रोटिन हुन्छ । धेरै प्रोटिनले किड्नीमा मेटाबोलिक लोड बढाउँछ र किड्नी स्टोनका समस्या ल्याउछ । दिनमा ७ देखि ८ घन्टा नसुत्ने मानिसमा उच्च रक्तचाप र मुटुको समस्या हुने गर्छ ।

    यस्ता १० संकेत देखिए मृगौला खराब भएको हुनसक्छ : १. छिटो-छिटो पिसाब लाग्नु – यदि मृगौला खराब भएको छ भने बारम्बार वा छिटो-छिटो पिसाब लाग्ने हुन्छ । बिशेषगरी, रातको समयमा यस्तो समस्या बढी हुन्छ ।२. पिसाबमा समस्या: किड्नीमा समस्या आएको छ भने पिसाब गर्दा दुखाई हुन्छ । दुखाईका कारण पिसाब गर्न गाह्रो हुन्छ ।

    ३. पिसाबमा रगत देखिनु: पिसाबमा रगत देखिएमा किड्नी खराब भएको हुन सक्छ । यस्तो देखिएमा सकेसम्म चाँडो चिकित्सक कहाँ गइहाल्नुपर्छ । ४. सुन्निनु: किड्नी खराब भएमा शरीरमा जमेको पानी र नुन निक्लिन पाउँदैन, जसले गर्दा शरीर सुन्निन थाल्छ । यस्तो अवस्थालाई इडिमा भनिन्छ ।

    ५. रक्तअल्पता तथा कमजोरी: मृगौला खराब भई रगतमा अक्सिजनको सञ्चार राम्ररी हुन पाउँदैन, जसले गर्दा रक्तअल्पता र कमजोरी जस्ता समस्या देखिन थाल्छ । ६. छाला रोग: किड्नी खराबले शरीरबाट टोक्सिन्सस(बिषाक्त) बाहिर जान पाउँदैन र छालासम्बन्धि रोग उछ्रिन थाल्छ ।

    ७. मुख गनाउँने: यदि किड्नीमा समस्या छ भने रगतमा युरिनको मात्रा बढ्छ, जसले गर्दा मुख गनाउँछ । ८. रक्तचाप बढ्नु: मृगौला खराब छ भन्ने कुरा रगतको चापबाट पनि थाहा पाउन सक्छौँ । रगतमा पानी र नुनको मात्रा बढ्नाले रगतको चाप बढेर जान्छ, जसलाई हामी किड्नी खराब भएको संकेत भनेर बुझ्न पर्छ ।

    ९. वान्ता होला जस्तो महसुश: किड्नी खराब भएका कारण शरीरबाट बिकार बाहिर जान पाउँदैन, जसले गर्दा तपाईलाई सधै रिंगटा लागेजस्तो र वान्ता होला जस्तो महसुस भइरहन्छ । १०. जोर्नी दुख्ने: सबैभन्दा साधारण लक्षण जोर्नी दुख्नु हो । यदि किड्नी खराब भएको छ भने माथिदेखि तलसम्मका जोर्नी दुख्ने हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *