खानामा कपाल भेटिए के गर्ने ? खाने की नखाने ?

    खानामा कपाल पर्नु, झर्नु वा भेट्टिनु साधारण कुरा हो । शरीरकै अंग भएकाले खानामा कपाल पर्नु कुनै नौलो कुरा होइन ।खाना तयार पार्दा, पकाउँदा,

    पस्किदा वा खाना लाग्दा कहिँकतैबाट पनि खानामा कपाल पर्न सक्छ । तर खाना’मा कपाल पर्दा वा भेटिदाँ धेरैलाई घि’न लाग्छ । यसरी खानामा कपाल पर्दा कसैले

    यसलाई झिकेर फ्याँक्छन् र खाना खान्छन् भने कतिले घिनका कारण खाना नै फ्याँकिदिन्छन् । तर खानामा कपाल परेकै कारण खाना फ्याक्नु वा कपाल फ्यालेर खाना खानु कुन उचित होला ?

    कपाललाई खानु राम्रो हुदैन ।तर कहिलेकाहीँ भुलवश खानासँगै कपाल निलिन्छ । यसरी निलिएको कपाल घाँटीमा नै अड्किएमा यसले समस्या पार्न सक्छ । यस्तोमा चिकित्सकको परामर्श लिनु पर्दछ ।

    कुनै खतरनाक रोगका संक्रमित वा गम्भिर रोगको जोखिम भएका मानिसको कपाल परेको खण्डमा बाहेक र आफूलाई संक्रमणको खतरा छैन भने खानामा परेको कपाल

    फ्याकेर खाना खादाँ हुन्छ । खानामा कपाल झरेकै कारण सबै खाना फ्याक्नु उचित हुदैँन । केही सामाजिक मान्यता अनुसार कपाल निलिएमा आन्द्रामा बेरिने, खाना बनाउँदा

    कपाल परेमा परिवारका सदस्य रोगी हुने गर्दछन् । तर यो प्रमाणित भएको विषय भने होइन । यस्तै केही धार्मीक विश्वास अनुसार खानामा कपाल भेटिनु अशुभको संकेत मानिन्छ ।`

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *