छाती पोल्नुका यी लक्षणलाई नगर्नुस् बेवास्ता, ‘हर्ट अट्याक’ र क्यान्सरको संकेत

    छाती पोल्ने समस्याले धेरैलाई सताएको हुन्छ । यस्तो समस्यामा छातीको बीच भागमा अत्यधिक पोलेको महसुस हुनछ । यो केही मिनेट वा केही घण्टासम्म रहन्छ । गर्भधान, गेस्ट्रोइसोफेगल रिफ्लक्स डिसीज वा एन्टीइनफ्लामेटरी लागुपदार्थको प्रयोग गर्दा यस्ता समस्या देखिन्छ । भर्खरै गरिएको एउटा अनुसन्धानले छाती पोल्ने समस्याले क्यान्सर र हृदयघातको जोखिम बढिरहेको संकेत गर्ने तथ्य पत्ता लगाएको छ ।

    केही घण्टासम्म लगातार छाती पोल्ने, निल्न गाह्रो हुने वा दुखाई महसुस हुने, छाती पोलेर बान्ता हुनु, शरीरको तौल अचानक कम हुनु, २ हप्तासम्म छाती पोल्ने, पाचन प्रक्रियामा समस्या आउने र औषधि खाँदा पनि सोही समस्या दोहोरिनु, घाँटीमा खराबी आउने र आवाज नआउने जस्ता गम्भीर प्रकृतिका लक्षणहरुले हृदयघात र क्यान्सरको संकेत गर्ने अनुसन्धानमा पत्ता लागेको छ ।

    क्यान्सर: छाती पोल्ने समस्याले घाँटीमा र पेटको आन्द्रामा हुने क्यान्सरको संकेत गर्छ । पेटभित्रको आन्दामा बग्ने एसिडले तन्तुहरुलाई खराब गरिदिन्छ र यसमा एसोफ्यागस एडिनोकापर्सिनोमा विकसित हुनछ । एक बेरियाट्रिक सर्जन लिनास वेनक्लासकासका अनुसार छाती पोल्ने समस्याका कारण समयमा नै पत्ता लगाएर उपचार नगराएमा ब्यारेट्स एसोफ्गस बढ्न सक्ने र यसले पाचन प्रक्रियामा असर पार्छ । यसलाई प्रिक्यान्सर रोग भनिन्छ ।

    हायटस हर्निया: जब पेटको डायफ्रामको कमजोरीका कारण छातीको तल्लो भागलाई माथितिर धकेल्छ यसलाई हायटस हर्निया भनिन्छ । यस समस्यामा छातीमा दुखाई र पोल्ने समयमा उपचार गराउन पर्छ । यस्तो समस्या ५० वर्षभन्दा माथिको उमेरमा हुने गर्छ ।

    पेप्टिक अल्सर डिजीज: पेप्टिक अल्सर डिजीजका कारण प्रायः छातीमा जलन हुन्छ । छाती पोल्ने समस्या र पेप्टिक अल्सरको लक्षण उस्तै हुन्छ । वान्ता हुन खोज्ने, पोल्ने र दुख्ने र दिसाको रंग परिवर्तन हुने हुन्छ ।

    हृदयघात: सामान्य मानेर मानिसहरु छाती पोल्ने समस्यालाई बेवास्ता गर्छन् । छाती पोल्ने वा दुख्ने, तीव्र गतिमा मुटुको धड्कन बढ्ने, पाचन प्रक्रियामा समस्या, पाचन प्रक्रियामा समस्या जस्ता लक्षणहरु हृदयघातको लक्षण मानिन्छ । छातीमा जलन सँगै दुखाई, स्वाद नमिठो हुने र सुत्दा दुखाई बढ्ने, अमिलो पिरो खाएपछि जलन झन् धेरै बढ्ने जस्ता लक्षण भने छाती पोल्नु नै हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *