स्वास्थ्य र जीवनशैली दाल, भात, तरकारी : सम्पूर्ण पोषणको थाली

    स्वास्थ्य र जीवनशैली दाल, भात, तरकारी : सम्पूर्ण पोषणको थाली

    दाल भातको सट्टा छोडेर पत्रु परिकारहरु बर्गर, पिज्जा, स्यान्डविच, चाउमिन, चाउचाऊ खाँदा मुटुरोग, मधुमेह रोग हुन्छ भन्नेबारे यस अनुसन्धानमा विशेष चर्चा गरिएको छ ।

    चारजना विशेषज्ञ वैज्ञानिकहरूले २ वर्षको समय लगाएर गरेको अनुसन्धानमा परम्परागत दाल भात र पत्रु खानाहरूको तुलनात्मक अनुसन्धानले देखाएको छ, दाल भात उत्तम खाना हो ।
    भलाकुसारी गर्दा ‘भात खानुभयो ?’ भनेर सोधिन्छ । दालमा (प्रोटिनयुक्त) र सब्जी (भिटामिन र मिनिरल्सयुक्त) सबै सँगै खाँदा सेवनले शरीरलाई सञ्चो गर्छ । अतः ‘भात खानु भयो ?’ भनेर सोध्नुको अर्थ ‘सन्चो हुनुहुन्छ’ नि, भन्नु हो ।
    मौलिक पकाउने शैली, तरकारीहरुको विविधता, मसलाहरुको औषधीय गुण, ताजा अचार आदिले खाना सन्तुलित एवं दाल– भातलाई रुचिकर बनाउँछ । यसरी पाकेको खानाले शरीरलाई स्वस्थ बनाउँछ । स्वस्थ भोजनले मानव शरीरका खरबौं खरब कोषहरुलाई लगातार उर्जा सञ्चार गर्छ । कोष थाक्न दिँदैन फलतः शरीर थाक्न पाउँदैन ।

    यस्तो खान छाडेर मानिसहरु प्रोटिन, क्याल्सियमको चक्की खान्छन् । हिजोआज पोषणको कुरा गर्दा ‘प्रोटिन’ ‘क्याल्सियम’ ‘आइरन’ ‘जिंक’, आदि क्याप्सुलका रुपमा दिए मात्र स्वास्थ्य राम्रो हुन्छ भन्ने भ्रमपूर्ण धारणा छ ।
    अहिलेचाहिँ थालमा भात खाने परम्परागत चलनलाई व्यापारीहरुले थाली भनेर पस्कन्छन् । महंगो पैसा लिन्छन् ।

    अहिले नेपाली खानाको रुपमा सबै भात, दाल, तरकारी, अचार, दही, कढी, पापड हुन्छ । गुन्द्रुक, गोलभेडा र टिमुरको अचार पनि हुन्छ । अर्थात वैज्ञानिकरुपमा हेर्दा त्यस व्यञ्नजमा शरीरलाई आवश्यक ‘सूक्ष्म पोषक’ तत्वहरु भरिपूर्ण हुन्छन् । दाल भात मिलाएर खाए पेटमा शोषण पनि राम्रोसँग हुन्छ ।

    चामल सहजरुपमा उपलब्ध नहुने ठाउँहरुमा पनि त्यसको विकल्पमा अन्य अनाजहरु धन बाहेक अन्य अन्न र स्थानीयरुपमा फल्ने गेडागुडीलाई दालको परिकार बनाएर खाने गरिन्छ ।
    आयुर्वेदको चरक संहिता अध्यााय एकमा आहार चर्चा गरिएको छ जसमा खानाको प्रकृति, पकाउने विधि, मात्रा, ठाउँ, काल (मौसम अनुसारको खानपिन), उपयोग संस्था (भोजन गर्ने बेलाको अनुशासन) बारे पनि लेखिएको छ । एकै प्रकारको खाना मात्र खाँदा एक त त्यसबाट स्वाद प्राप्त हुँदैन भने अर्को तीर शरीरमा पोषक तत्वहरु पाइन्न ।

    कारोना ‘कोभिड–१९’ महामारीको यस बेलामा स्वास्थ्यको झनै ख्याल राख्नुपर्छ । रोगसँग लड्ने शक्ति बढाउन भान्छा पाकेको दाल भात सब्जी नास्तामा ताजा फलफूल र खाजामा स्वस्थकर परम्परागत खाना नै खाने गर्नुपर्छ