घरको भान्सामा साङला / मुसा लागेर हैरान हुनुभएको छ ? भर्खरै पाउनुहोस् छुटकारा

    मुसा,झिंगा,उडुस आदिको कारणले गर्दा चिन्तित हुनुहुन्छ भने आज हामी तपाइंलाई यसबाट छुटकारा पाउने घरेलु उपायको बारेमा जानकारी दिन्छौं । यो तरिका निकै नै सजिलो छ :- १) मुसा: मुसालाई पुदिनाको गन्ध मनपर्दैन । यदि तपाई मुसाले गर्दा दिक्क हुनुभएको छ भने, कपासको सानो टुक्रामा पुदिना हालेर मुसा आउने सम्भावित ठाउँमा राख्नुहोस् । यसको गन्धले मुसालाई श्वास फेर्नमा गाह्रो हुन्छ । जस्ले गर्दा मुसा मर्छ । २) साङ्ला: मरिच , प्याज र लसुनलाई पिसेर पानीसँग मिसाएर मिश्रण बनाउनुहोस् । यस मिश्रणलाई साङ्ला आउने ठाउँमा छर्किनुहोस् । यसको गन्धलाई सहन नसकि साङ्ला भाग्छ । ३) झिंगा: झिंगाबाट छुट्कारा पाउनको लागि घरलाई सफा राख्न जरुरी छ । यसका साथै ढोका सधैं बन्द गनुपर्ने हुन्छ । यसो गर्नाले पनि झिंगा आउने समस्या हुन्छ भने, कपासलाई धेरै गन्ध आउने तेलमा डुबाएर ढोकासँगै राख्नुहोस् । तेलको गन्धले गर्दा झिंगाहरु बाहिर जाने गर्छन् । ४) उडुस: प्याजको रस उडुसलाई मार्नको लागि राम्रो औषधि हो । यसको गन्धले श्वास फेर्नमा उडुसलाई कठिनाई हुन्छ , जस्ले गर्दा उडुस तुरुन्तै मर्छ । ५) माउसुली: माउसुलीलाई घरबाट भगाउने यो निकै नै राम्रो तरिका हो । ५–६ मयुरको प्वाँखलाई भित्तामा टाँस्नाले केही दिनमै माउसुली गायब हुन्छ । मयुरले माउसुलीलाई खान्छ । यसै कारणले गर्दा छेपारो मयुरको प्वाँख देख्ने बितिक्कै भाग्ने हुन्छ । यदि मयुरको प्वाँख पाउन सक्नुहन्न भने, अन्य चराको प्वाँखलाई पनि हाल्न सक्नुहुन्छ । यो पनि,यस्ता व्यक्तिले भुलेर पनि नखानुहोस् दही, निम्त्याउँछ घाँटीमा यस्तो समस्या ! दही स्वादिलो मात्र हुँदैन । दहीलाई स्वास्थ्यको दृष्टिले पनि निकै मानिन्छ । गर्मीमा दहीले तिर्खा पनि मेट्छ। तर, दही खाने समय र तरिकामा भने ख्याल गर्नुपर्छ। दहीमा प्रचुर मात्रामा क्याल्सियम हुन्छ जसले दाँत तथा मांशपेशीमा रहेका हड्डीहरुलाई बलियो बनाउनुका साथै पाचन प्रक्रियालाई समेत स्फूर्त बनाउने काम गर्दछ। दही स्वाद र स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि उत्तिकै उपयोगी मानिन्छ। नियमित दही खानाले रोगप्रतिरोधात्मक क्षमता बढ्ने र पेटलाई शीतलता प्रदान गर्दछ। तर दहीलाई सेवन गर्ने समय मिलेन भने मानिसको स्वास्थ्यमा हानी समेत पुर्‍याउने आयुर्वेदका विज्ञहरूले बताएका छन्। उनीहरूले दहीलाई जुन रुपमा खाए पनि ताजा खान सुझाव दिएका छन्। कस्ता व्यक्तिले दही खानुहुँदैन ? राति दही खाँदा पाचन क्रियामा गडबडी पैदा हुन्छ। यसलाई पचाउनका लागि इनर्जी बर्न गर्नुपर्ने आवश्यकता हुन्छ। धेरै मानिसहरू राति खाएपछि सुतिहाल्छन्। यसले झन् समस्या हुन्छ। राति दही सेवन गर्दा शरीरमा इन्फेक्सनको डर हुन्छ। यसले रुघा र खोकी लाग्न सक्छ। यसका साथै कतिपय अवस्थामा दही हानिकारक हुनसक्छ। वा त्यसले पोषण होइन, विषको काम गर्न सक्छ। जस्तो कि शरीरको कुनै भाग सुन्निएको छ भने राति दही कदापि खानु हुँदैन। घोडा वा जोर्नीको दुखाईबाट पीडित भएका व्यातिहरुले पनि दही सेवन उपयोगी हुँदैन। हामी दहीमा विभिन्न मिश्रण बनाएर सेवन गर्छौं, खासगरी डिजर्टको रुपमा। तर, थरीथरीका फलफूल दहीमा मिसाउँदा त्यो विषाक्त बन्न सक्छ। दही कहिले, किन र कसरी खाने ? दही खाने उपयुक्त समय बिहान हो। हात–गोडाको जलन, पेटको इन्फेक्सन, अपच, भोक नलाग्नु, कमजोरीका साथै अरु पनि थुप्रै समस्याहरू बिहान दही सेवन गर्दा ठीक हुन्छ। नास्तामा एक कचौरा दहीमा सक्खर मिलाएर खाँदा शरीरमा रगत बढ्छ । यसमा यस्ता रासायनिक पदार्थ हुन्छन् जसले गर्दा यो दूधभन्दा चाँडै पच्छ पनि। अपच, कब्जियत, ग्यास जस्ता पेटको समस्या भोगिरहेका व्यक्तिलाई दही वा त्यसबाट बनेको लस्सी, मोही आदिको उपयोग गर्नु फाइदाजनक हुन्छ। दही खाँदाका फाइदा: राति निद्रा नलाग्ने समस्या छ भने दैनिक खानाका साथ एक कचौरा दही सेवन गरौं। दहीको नियमित सेवन शरीरका लागि अमृत समान मानिन्छ। यसले रगतको कमि तथा कमजोरी हटाउँछ। दहीको मोही वा लस्सी बनाएर पिउँदा पेटको गर्मी शान्त हुन्छ। पेटमा गडबडी हुँदा दहीमा बिर्य नुन हालेर खाँदा पनि फाइदा हुन्छ। दहीमा मुटुको रोग, उच्च रक्तचाप, तथा गुदाको रोगहरुलाई बिसेक पार्ने गजबको क्षमता हुन्छ। यसले कोलस्ट्रोल बढ्नबाट रोक्छ र मुटुको धड्कनलाई ठीक राख्छ। दहीमा क्याल्सियम अधिक मात्रामा पाइन्छ। यो हड्डीहरुको विकासमा सहायक हुन्छ। साथै, दाँत, ता नङलाई पनि बलियो बनाउँछ। पायल्स रोगबाट पीडित व्यक्तिहरुले दिउसो भोजनपछि एक गिलास मोही पिउँदा फाइदा मिल्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *