घाँटीमा आउने प्राय समस्याको लागि बोझो उपयोगी,यस्ता छन् अन्य फाईदाहरु !

    घाँटीमा समस्या हुँदा प्राय: ले भेटे भने बोझो नै प्रयोग गरेको पाइन्छ। बोझोले औषधिको काम गर्छ भन्ने धेरैलाई जानकारी छ ।

    तर, बोझोले कस्तो–कस्तो समस्यामा काम गर्छ भन्ने जानकारी कमैलाई होला।आयुर्वेदविज्ञ डा.राजेन्द्रकुमार गिरीले बोझोका फाइदाबारे केही जानकारी दिएका छन्:

    प्राकृतिक बुटी बोझोको रसले मुख्य स्नायु प्रणालीमा प्रभाव पार्ने विभिन्न क्लिनिकल रिसर्चले पुष्टि गरेको छ। शरीर लठ्याउने औषधिमा बोझोको प्रयोग गर्न सकिन्छ। सामान्य अवस्थामा सुकाएर

    तयार पारिएको बोझो सेवन गर्दा शारीरिक दुखाइमा आराम दिन्छ। पेट दुख्दा बोझो चुस्दा आराम मिल्छ। यसमा हुने आर्सोन र बेटाआर्सोनको सम्मिश्रणले नसा मजबुत बनाउन मद्दत गर्छ।

    आयुर्वेद ग्रन्थहरूका अनुसार मेध्य, कण्ठ्य, वेदनास्थप, सुलहर र शोथहर कर्म गर्ने भएकाले मानसिक तनाव, हिस्टेरिया, अनिद्रालगायत स्नायुसम्बन्धी विभिन्न समस्या समाधानमा पनि बोझो एवं बोझोयुक्त सम्मिश्रण प्रयोग गरिन्छ। बोझोले स्मरणशक्ति एवं बुद्धि बढाउन मद्दत गर्ने आयुर्वेदिक ग्रन्थहरूमा लेखिएको छ ।

    एउटा सानो टुक्रो मुखमा राखेर लामो समयसम्म नियमित चुस्दा फाइदा गर्छ। उच्च रक्तचाप भएकाहरूलाई बोझो निकै उपयोगी हुन्छ। जराको बोक्रोले रक्तस्तम्भको काम गर्छ। बोझो सेवनले श्वासप्रश्वासको गति कम गर्न पनि भूमिका खेल्छ। यसकारण दमरोगीहरूका लागि पनि बोझो उपयोगी जडीबुटी हो।

    बोझोको टुक्रा मुखमा राखेर चुस्दा घाँटीको कफ निकाल्न भूमिका खेल्छ। पेटको गडबडीमा पनि बोझो सेवन उपयोगी हुन्छ। पिसाब तथा दिसा खुलाउने, पेटमा असहज हुँदा बमिट गराउन, पेटमा

    अत्यधिक ग्यास भए निकाल्न बोझोलाई ‘कार्मिनेटिभ’ (पेटको ग्यास फालेर आरम दिने उपचार) को रूपमा प्रयोग गरिन्छ। पिलो, जोर्नीमा निम्तिने पीडालगायत कतिपय बाह्य समस्यामा पनि बोझोको रस प्रयोग गर्न सकिन्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *