विवाहित महिलाप्रति किन आकर्षित हुन्छन् पुरुष !

    सुन्दा अचम्म लाग्नु स्वाभाविक नै हो तर अचेलका युवाहरूको रोजाईमा विवाहित महिला पर्दछन् । हुन त अविवाहित युवाहरूको रोजाइमा अविवाहित महिलाहरू नै हुनु पर्ने हो तर बदलिँदो सामाजिक संरचनाले यस सोचाईलाई झुठो साबित गरिदिएको छ ।

    यसो हुँदैछ भन्नु कुनै मनगढन्ते कुरा नभई विभिन्न समाजशास्त्रीय अनुसन्धानहरूले प्रमाणित गरेको कुरा हो । हालका दिनहरूमा युवाहरू किन विवाहित महिलाहरूप्रति बढी आकर्षित भैरहेछन् भन्ने बारेमा पनि थुप्रै शोध गरिएका छन् ।

    ती शोधहरूबाट आधुनिक जीवन शैली अपनाउने युवाहरूले अविवाहित महिलाको तुलनामा विवाहित महिलाहरू बढी मन पराउने गरेको उनीहरूसँग डेटिङ जाने इच्छा राख्दछन् भन्ने कुरा पत्ता लागेको थियो ।

    ती शोधहरूबाट पत्ता लागेका यसो हुनुका प्रमुख पाँच कारणहरू यस प्रकार छन्:

    आत्मविश्वास

    विवाहित महिलाहरू अविवाहित केटीहरूको तुलनामा बढी आत्मविश्वासी हुने गर्दछन् । उनीहरूको यही आत्मविश्वासले उनीहरूलाई केटाहरूको आकर्षणको केन्द्र बनाउने गरेको छ । पुरुषहरू आत्मविश्वासी महिलाहरूले हरेक समस्यालाई कुशलता पूर्वक समाधान गर्न सक्छन् भन्ने ठान्ने गर्छन् । उनीहरूलाई लाग्ने गर्छ यसो गर्नमा विवाहित महिलाहरू सधैं अगाडि रहेका हुन्छन् र उनीहरूसँगको मित्रता कम समस्याकारक हुन सक्छ ।

    राम्रो साथी बन्न सक्ने क्षमता

    विवाहित महिलाहरू अविवाहित केटीहरूको तुलनामा राम्रा साथी हुन्छन् भन्ने कुरा पुरुषहरूलाई लाग्छ । उनीहरू सधै चासो राखिराख्ने र हरेक समस्यामा सान्त्वना दिने खालका हुन्छन् भन्ने पुरुषहरू ठान्दछन् । उनीहरू कुशलता पूर्वक आफ्नो परिवारको जिम्मेवारी वहन गर्ने भएकाले पुरुषहरू उनीहरूको यही स्वभाव बढी मन पराउने गर्दछन् ।

    हार्मोनहरूमा परिवर्तन

    विवाह पछि महिलाहरूको शरीरमा उत्सर्जित हुने हर्मोंसहरूमा परिवर्तन आउने गर्दछ । जस कारण उनीहरूको छाला प्राकृतिक रूपमा बढी चम्किलो हुने गर्दछ । पुरुषहरूलाई उनीहरूको रूपमा आएको यस्तो परिवर्तनले समेत आकर्षित गर्ने गर्दछ ।

    मीठो स्वभाव

    विवाहित महिलाहरू घर र बाहिर कुशलता पूर्वक व्यवस्थापन गर्न सक्षम हुने गर्छन् । उनीहरू हरेक तनावलाई कुशलता पूर्वक व्यवस्थापन गरेर मुस्कुराई राख्ने गर्छन । उनीहरूको यही स्वभाव पुरुषहरूलाई मन पर्ने गर्दछ ।

    घर र बाहिर सन्तुलन बनाउन सफल

    विवाहित महिलाहरू घर र घर बाहिर सन्तुलन बनाउन निपुण हुने गर्दछन् । उनीहरू एकै साथ धेरै कामहरू गर्न सक्षम हुन्छन् । उनीहरूको तुलनामा पुरुषहरू केही लापरवाह किसिमका र एक समयमा एउटा मात्र काम गर्न सक्छन् । उनीहरूको यही कार्य कुशलता पुरुषहरूलाई उनीहरूप्रति आकर्षित गर्दछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *