के हो दादुरा ? कसरी सर्छ ? कसरी जोगिने ?

    सरकारले बाँकेलाईपूर्ण खोप लिएको जिल्ला घोषित गरेको थियो । तर हालै मात्र २८ जना बालबालिकामा दादुरा सङ्क्रमणपुष्टि भएको छ भनेसोही रोगले एक बच्चाको मृत्युसमेत भएको छ ।

    पुसको दोस्रो सातादेखि नेपालगञ्ज उपहानगरपालिका वार्ड ५,७, र ८ वडामादादुराका बिरामी देखिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार नेपालगञ्जमा ५ देखि १२ वर्षसम्मका बालबालिकामा सङ्क्रमण देखिएको छ ।

    यसरी सरकारले दादुरा निर्मुल भैसकेकोतथ्य फेल भएको छ । अब सरकारले सन् २०२३ सम्ममा दादुरा रोग निवारण गर्ने लक्ष्य राखेको छ । नेपालगञ्जमा दादुरा सङ्क्रमण पुष्टि भएपछि केन्द्र सरकारबाट समेत विज्ञ टोली परिचालन गरिएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गतको खोपशाखाले जनाएको छ ।

    सन् २०२२ मा सार्वजनिक गरिएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण दादुरा, क्षयरोग, बीसीजी, पोलियोलगायत बालबालिकालाई दिइने नियमित खोपको कभरेज पछिल्लो पाँच वर्षयता ४ प्रतिशत बालबालिकाले नलगाएको पाइएको छ । दादुरा सङ्क्रमण कसरी हुन्छ, यसका लक्षण केके हुन्, यसबाट कसरी जोगिने ? प्रस्तुत छ, सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनको

    दादुराको खोप दुई मात्रा
    दादुरा अत्यन्त सङ्क्रामक भाइरस हो । सामान्यता यसले बालबालिकालाई प्रभावित बनाउँछ । दादुराको असरलेससाना बालबालिकामा विकलाङ्तामात्र होइन,मृत्युसमेत हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विषेशतः कुपोषित बालबालिका र रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई बढी लाग्छ । गर्भावस्थामा दादुराबाट संक्रमितलाई प्रसूतिमा समेत जोखिम हुन्छ ।

    कसरी सर्छ ?
    दादुराको भाइरस मुख्यत स्वासप्रश्वासको माध्यमबाट सर्ने गर्छ । जस्तै मुखबाट निस्किएको साना साना पानी कणबाट,खोक्दा, हाच्छिउँ गर्दा एकबाट अन्यमा सर्ने गर्छ । यस्तै, थुक,सिँगानको माध्यमबाट पनि सर्ने गर्छ ।
    दादुरा भएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा पुगेमा दादुरा हावाका माध्यमबाट पनि सर्ने गर्छ ।

    यी माध्यमबाट सर्दा दादुराको भाइरसले श्वास नलीलाई सङ्क्रमण गरी क्रमशः शरीरमा भरी फैलिन्छ । बालबालिकाले आफ्ना उमेरसमूहका साथीसँग बढी घुलमिल गर्छन् । यस्तो अवस्थामा सजिलै दादुरा सर्ने सम्भावना हुन्छ ।

    दादुराको लक्षण
    दादुरा सङ्क्रमण भई सम्पर्कमा आएको १०–१२ दिनपछि ज्वरो आउँछ । दादुरा सङ्क्रमण भएपछि रुघाखोकी लाग्ने, ज्वरो आउने, थकान हुने, आँखा रातो हुने, मुखभित्र सेता दागहरु पनि देखिन्छ । यस्तै, घाँटीको तल्लो उपल्लो भागमा, खुट्टामा समेत बिमिरा देखिन्छ । यो बिमिरा सङ्क्रमण भएको पाँचदिनपछिआफै हराउँछ ।

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाँच वर्षमुनिका बालबलिकादेखि २० वर्षमाथिकालाई पनि दादुरा देखिन्छ । यो रोगले अन्धोपन,झाडापखाला, निमोनिया, स्वास नली र फोक्सो नलीमा सङ्क्रमणदेखि हेपाटाइटिस, इन्सेफलाइटिस लगायत समस्या भएर स्वास्थ्यमा जटिल स्थिति सिर्जना गर्छ ।

    उपचार
    डब्लूएचओका अनुसार दादुराको कुनै एन्टिभाइरल उपचार छैन । यसबाट जोगिने एक मात्र उपाय दादुराविरुद्धको खोप लगाउनु हो । यो रोग लागेर जटिलतातिर पुगेको खण्डमा सहयोगी उपचार तथा कम गर्ने प्रयास गर्न सकिन्छ । दादुरा सङ्क्रमण पुष्टि भएपछि लक्षणमा आधारित भएर चिकित्सकको सल्लाहमा मात्र सेवन गर्नुपर्छ ।लक्षणमा आधारित भएर पोषणयुक्त खाना खाने, पर्याप्त मात्रामा झोलिलो पदार्थ पिउने, पखाला, बान्ता भएमा जीवनजल पिउनु पर्छ ।

    ज्वरो आउँदा, आँखाको सङ्क्रमण र निमोनिया लगायतका समस्या कम गर्न एन्टिबायोटिक औषधि समेत दिइन्छ । सरकारले निःशुल्क प्रदान गर्ने दादुरा खोप ९ महिना र १५ महिनामा दुई मात्रा खोप लगाइएमा जोखिम निर्मुल गर्न सकिन्छ । दादुराको लक्षण देखिएपछि बालबालिकालाई स्कुल जान, साथीहरुसँग खेल्न, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई सङ्क्रमण हुन सक्ने भएका कारण सावधानी अपनाउनुपर्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *