यौन सम्बन्ध नराख्ने मनिसको उमेर किन दोब्बर हुन्छ ?

    मानिसको बुढोपना सम्बन्धी एक जना वैज्ञानिकले सेक्सले मानिसको आयु कम गराउने प्रमुख तत्त्व रहेको बताएका छन् ।

    अमेरिकी थिंक ट्यांक बायोजेरेन्टोलोजी फाउन्डेसनका निर्देशक समेत रहेका प्राध्यापक एलेक्स जाभोरोन्कोभले दाबी गरेका छन् की यदि मानिसले सेक्स गर्न छाड्ने हो भने ऊ १५० वर्षसम्म बाँच्न सक्छ ।

    आफ्नो नयाँ पुस्तक एजलेस जेनेरेसनमा उनले भनेका छन् सेक्स विनाको जीवनशैलीले हामीलाई हाम्रो जिन्दगी अझै लामो, निकै लामो उमेरसम्म जिउन सक्षम बनाउँछ । उनले भनेका छन्, ‘मैले कहिलेकाहीँ सेक्स गर्छु । तर स्थायी रूपमा होइन । कहिलेकाहीँ आफ्नै साथी वैज्ञानिकसँग सेक्स गर्छु ।

    यसका लागि मलाई माफ गर्नुहोस् । ३६ वर्षे युवा प्राध्यापकले विवाह, सन्तान प्राप्ति तथा विवाहित हुँदाको जिम्मेवारीका कारण खपत हुने ऊर्जाको प्रक्रियालाई इनर्जी स्यापिंग डिस्ट्रयाक्सन अर्थात् ऊर्जा बरबाद गर्ने उन्माद भनेका छन् । यस्तो उन्मादप्रति सावधान रहनुपर्ने उनको सुझाव छ । विवाह तथा प्रजननलाई रोक्नुको परिणाम भनेको औसत आयुमा परिवर्तन हुनु हो ।

    उनले सेक्सको साटो मानिसले स्वस्थ रहनका लागि दैनिक उठबस, व्यायाम तथा दौडका साथै कम भोजनमा ध्यान दिनुपर्ने बताए । आफूले पनि फलफूल, दही तथा प्रोटिनजन्य खानेकुराहरूको माध्यमबाट दैनिक १६ देखि १७ सयसम्म क्यालोरी भोजन गर्ने गरेको उनको भनाइ छ ।

    उनी भन्छन् एक सय पचास वर्षसम्म बाँच्नु विल्कुलै अवास्तविक होइन । मैले आफू मर्ने योजना बनाइरहेको छैन । तपाईंले ३० वर्षको उमेरपछि केवल यो महसुस गरेर जिउनुपर्छ की जे–पनि सम्भव छ ।

    विश्व स्वास्थ्य सङ्गठनले भनेको थियो की विश्वका मानिसहरू अब १ सय वर्षसम्म बाँच्नु सामान्य हुनेछ । डब्लुएचओका महानिर्देशकका अनुसार स्वास्थ्यका लागि अप्रत्याशित चुनौतीहरू रहेको यो युगमा एउटा प्रवृत्ति तय भैसकेको छ की विश्वका मानिसहरूको जीवन तीव्र रूपमा लम्बिइरहेको छ । धेरै मानिसहरू आफू ६० वर्षभन्दा धेरै बाँच्ने भरोसा गर्न सक्ने भएका छन् । स्वास्थ्य प्रणाली, जनशक्ति तथा बजेटको परिणाम निकै सन्तोषजनक रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *