सपना : सुतेपछि कसरी प्रोजेक्टर बन्छ दिमाग ? आँखा कसरी बन्छ स्क्रिन ? येस्तो छ रहस्य

सपनामा हामी कुनै सङ्कटमा पर्‍यौँ भने हामी भाग्न चाहेर पनि भाग्न सक्तैनौँ। त्यस्तै कसैलाई मुक्का हान्नुपर्‍यो वा चिच्याउनु पर्‍यो भने पनि समय लाग्छ। अचम्म त के भने हामी सपनामा पनि मर्न सक्तैनौँ। आखिर यस्तो किन हुन्छ ?

सपना मनोविज्ञानका लागि यस्ता प्रश्न एउटा रहस्यकै रुपमा छन्। ती रहस्य नखुलेका कारण र ती सपना स्पष्ट रुपमा परिभाषित हुन नसकेका कारण त्यसमा देखिएका घटनाका बारे भिन्दाभिन्दै व्याख्या गरिएका छन्।

सपनाहरूमाथि गरिएका कैयौँ शोधले देखाएको छ, हाम्रा बाहिरी परिस्थितिले सपनालाई प्रभावित तुल्याउँछन्। जस्तो, तपाईं कुनै कामका लागि निरन्तर मिहिनेत गरिरहनु भएको छ भने र त्यसमा सफल हुन सकिरहनु भएको छैन भने दौडिन

नसकेको अथवा बोल्न नसकेका सपनाहरु देख्नु हुन्छ। यसरी सपनाले कुनै व्यक्तिको चेतन र अचेतन मनमा लगातार चलिरहेको सङ्घर्षलाई देखाउने गर्छ। अचेतन मनले सपनामार्फत् लगातार सफल हुनबाट रोकिरहेका केही कुरा छन् भनी सन्देश दिने प्रयास गरिरहेको हुन्छ।

सपनाका विश्लेषकहरुले निरन्तर अथवा तीव्र रुपमा दौडिन नसक्नुको अवस्थालाई आत्मविश्वासको कमीका रुपमा अर्थ्याउने गर्छन्। सपनामा तपाईंले बोल्न सकिरहनु भएको छैन भने तपाईंले आफ्ना विचार

अरुलाई प्रष्ट रुपमा पुर्‍याउन नसक्नु भएको मनस्थितिको झल्को देखिने गरेको केहीको धारणा छ। आफ्ना विचारमा अरु सहमत नहोलान् कि भन्ने मनको आशङ्काका कारण तपाईंले त्यस्ता सपना देख्नु हुन्छ।

हामी सपना किन देख्छौं र सपनाको के अर्थ लाग्छ भन्ने बारेमा हामी जिज्ञासु रहन्छौं । हाम्रो दिमाग सुतेपछि कसरी प्रोजेक्टर बन्न पुग्छ अनि आँखा कसरी स्क्रिन बन्न पुग्छ जसमा छविहरू नाच्छन् भन्ने कुरा रमाइलो छ । आउनुस्, जानौं सपना सम्बन्धी केही तथ्यः

१. बच्चाहरू तीन—चार वर्षको नहुँदासम्म आफ्नो बारेमा सपना देख्दैनन् ।

२. निद्रामा घुर्ने मान्छेले घुरेका बेलामा सपना देख्दैनन् ।

३. एक औसत व्यक्तिले जिन्दगीको ६ वर्ष सपना देखेर बिताउँछ ।

४. पर्सनालिटी डिसअर्डर नामक मानसिक रोगबाट ग्रस्त व्यक्तिले सपना देख्दैनन् ।

५. हामी उठेको एक मिनेटभित्रै ९० प्रतिशत सपना हराइसकेका हुन्छन् ।

६. हामी सपनामा आफूले पहिल्यै भेटिसकेका मान्छेलाई मात्र देख्छौं ।

७. केही दुर्लभ केसमा मान्छेले पछि हुने कुरा सपनामा देख्छन् ।

८. तपाईं सपनामा किताब पढ्न र समय बताउन सक्नुहुन्न ।

९. हामी एक रातमा सातवटासम्म सपना देख्न सक्छौं ।

१०. मान्छेको दिमाग जागृत अवस्थामाभन्दा स्वप्न अवस्थामा बढी सक्रिय हुन्छ ।

११. जनावर पनि सपना देख्छन् ।

१२. दृष्टिविहीन पनि सपना देख्छन् ।

१३. ईशापूर्व ४००० मा इजिप्सियनहरूले स्वप्न शब्दकोश तयार पारेका थिए।

१४. सपना देख्दा तपाईंको शरीर पक्षघातको अवस्थामा हुन्छ । (एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *