मधुमेह रोगको अचुक औषधि जामुनको प्रयोग यसरी गर्नुहोस्

    मधुमेह रोगको अचुक औषधि जामुनको प्रयोग यसरी गर्नुहोस्

    जामुनको स्वाद मिठो हुन्छ । जामुनलाई अंग्रेजीमा (ब्ल्याकबेरी) नामले पुकार्ने चलन छ । आजकाल हरेक घरमा सुगर (Blood Sugar) रोग भएकाले सुगरमा जामुनलाई महत्वपूर्ण औषधिको रूपमा मानिएको छ । काचो भएमा हल्का टर्टो र पाके पछि मिठो हुन्छ ।

    अधिकांश वैद्यहरूले यसको बोक्रा फालेर दानालाई पिसेर पाउडर बनाएर मधुमेहको रोगीलाई दिदा ठिक हुने कुरा लेखेको छ । तर यो गलत व्याख्या गरिएको छ । यसरी बनाएको औषधिमा गुण न्युन हुनसक्छ ।

    जामुनको फल सुकाउने र पिसेर पाउडर बनाएर प्रयोग गरेमा मधुमेहको दोहोलो गर्छ भन्ने कुरा आयुर्वेदिक ग्रन्थमा उल्लेख गरिएको छ । यसलाई आफ्नो खानमा नियमित रुपमा खाँदा निकै फाइदा हुन्छ । जामुनको फलमा पाइने केही रसायले रगतमा सुगर लेवल नियन्त्रण गर्न धेरै काम गर्छ ।

    जामुन मौसमी फल भएको कारण यो सधैँ पाउन सकिँदैन । तर पाकेको जामुनको फल जम्मा गरेर सुकाएर राखेमा अन्य मौसममा औषधिको रूपमा यसलाई प्रयोग गर्न सहयोग पुग्ने छ । जामुन जति स्वादिलो हुन्छ, त्यति नै यसका औषधीय गुणहरुले पनि यो पूर्ण रहेको पाइन्छ ।

    यसमा खनिजको मात्रा पनि अधिक हुन्छ । यसको बीउमा कार्बोहाइड्रेट, प्रोटिन र क्याल्सियम अधिक मात्रा पाइनुका साथै आइरन, भिटामिन र फाइबर पाइन्छ । डायबेटिजको उपचारका लागि जामुन धेरै नै उत्तम मानिन्छ । मधुमेहका रोगीले जामुनका दानालाई सुकाएर, पिसेर नियमित सेवन गर्ने हो भने सुगरको रोगमा राम्रो फाइदा पुग्दछ ।

    जामुनका अन्य प्रयोगहरु यस्ता छन्

    १. सुगरका रोगीले काचो जामुनको सिजनमा काचो र पछि सुकेको जामुनलाई माटाको भाडामा १ केजी जति २ पाथी जति पानीमा भिजाएर राख्ने २,३ दिन पछि विहान बेलुका जामुनको पाउडर एक चमच एक गीस रसमा हालेर नियमित सेवन गर्ने सुगर लेवल कम हुदै जानेछ ।

    २. जामुनको रुखको बोक्रालाई केही घण्टा पानीमा भिजएर राख्ने र त्यसको रसमा मह मिसाएर विहान बेलुका पिएको खण्डमा पायल्स रोग समेत निको हुन्छ ।

    ३. केमोथेरापी र रेडिएसनमा पनि जामुनको सेवनले राम्रो फाइदा हुने गर्दछ । जामुनको पाकेको फल खानाले पथरीमा फाइदा पुग्दछ ।

    ४. जामुनले शरीरको पाचनशक्तिलाई बढाउनका साथै यसले पेटसम्बन्धी विकारहरुलाई कम गर्दछ ।

    ५. मुखभित्र देखिने छालाका समस्यामा पनि जामुनको रस प्रयोग गर्नाले राम्रो फाइदा गर्दछ ।

    नोट : हाम्रो जगलमा र घरवरिपरि यस्ता थुप्रै औषधीय गुणहरुले भरिपूर्ण जडिबुटी छन्, त्यसको समुचित प्रयोगले हाम्रो स्वास्थ्यको रक्षा गर्न सकिनुका साथै अनावश्यक खर्चबाट आफुलाई बचाउन सकिने छ ।

    *डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।