गम्भीर बिरामी बनेर अस्पताल पुगेका थिए युवक, चेक गर्दा डाक्टरसमेत हैरान

    गम्भीर बिरामी बनेर अस्पताल पुगेका थिए युवक, चेक गर्दा डाक्टरसमेत हैरान

    गम्भिर बिरामी भएर अस्पताल लगिएका एक बिरामीको जाँच गर्दा डाक्टर समेत हैरान भएका छन्। डाक्टरले बिरामीको पेटबाट फलामको सिक्री र कम्मरमा बाँध्ने पेटीको बकल निकालेको हो।

    नोबेल मेडिकल कलेज विराटनगरका चिकित्सकले भोजपुरको भोजपुर नगरपालिका-१२ का २१ वर्षीय युवकको शल्यक्रिया गरी सिक्री र बकल निकालेका हुन्।

    नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार २१ वर्षीय युवकले सुरुमा फलामको सिक्री र पछि पेटीको बकल निलेका थिए। सिक्री उनको पेटमा थियो।

    बकल भने खाना नलीमा अड्किएको थियो। मर्छु भन्दै ती युवकले सिक्री र बक्कल निलेको पाइएको छ। बक्कल र सिक्री निलेपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो।

    नोबेलका शल्य चिकित्सक डा ध्रुवनारायण शाह र मोहन खड्कासहितको टोलीले इण्डोस्कोपिक विधिमार्फत बकल विरामीको मुखबाट र सिक्री दिसा नलीबाट निकालेको दाहालले बताए। उपचारपछि ती युवक घर फर्किएको उनले बताए।