थाहा पाइराख्नुस् स्वास्थ्य र सौन्दर्यका लागि बेलपत्रका असीमित फाइदा

    थाहा पाइराख्नुस् स्वास्थ्य र सौन्दर्यका लागि बेलपत्रका असीमित फाइदा

    साउनमा शिवालयमा बिषेश पूजाआजा गरिन्छ । यस क्रममा शिवलिंगमा बेलपत्र चढाइन्छ । बेलपत्र एक किसिमको वनस्पती हो । यसको खास महत्व छ, औषधिय महत्व ।

    शिवलिंगमा चढाइने बेलपत्रका अरु पनि थुप्रै उपयोगीता छन् । बेलपत्रमा प्रोटीन, बीटा क्यारोटीन, थाइमिन, क्याल्सियम, आइरन, भिटामिन ए, भिटामिन बी र भिटामिन सीसँगै भरपुर मात्रामा जैविक तत्वहरु र एन्टीअक्सिडेन्ट्स पाइन्छ ।

    बेलपत्रको सौन्दर्य-गुण
    फुस्रो र रुखो छालामा चमक ल्याउन होस वा कपाललाई स्वस्थ र सुन्दर राख्न बेलपत्रले महत्वपूर्ण भूमिका खेल्छ ।

    बेलपत्रबाट दागधब्बा रहित छाला
    बेलको रसलाई मनतातो पानीमा मिलाउनुपर्छ । यसमा महको केही थोपा हाल्नुपर्छ । यसको घोल नियमितरुपमा सेवन गर्दा रगत सफा हुन्छ । सेतो दाग बेलपत्रको सहयोगले ठीक हुन सक्छ । बेलको गुदीमा सोरलिन नामको तत्व हुन्छ जसले छालाको घाम सहने क्षमतालाई बढाउँछ ।

    यसका अलावा बेलपत्रमा क्यारोटिन पनि हुन्छ र यी दुवै तत्व मिलेर छालाको रंगलाई समान बनाइराख्न महत्वपूर्ण भूमिका खेल्छन् । बेलको दैनिक उपयोगले छालाको सेतो दागहरु सफा हुन्छन् ।

    बेलपत्रको रससँग जीरा मिलाएर पिउनाले पित्तको साथसाथै छालामा हुने दाग धब्बा र चिलाएको निशानाहरु पनि ठिक हुन्छन् ।

    कपालको लागि फाइदाजनक बेलपत्र
    पाकेको बेलको बोक्रालाई सफा गरेर त्यसमा तिलको तेल तथा कपुर मिलाउनुस र त्यसर्लाइ दैनिक कपालमा लगाउनुस । यसबाट कपालमा जुम्रा पर्दैन ।

    कपाल झर्ने समस्या रोक्नका लागि बेलपत्रको सेवन सबैभन्दा उचित उपाय हो । दैनिक एक बेल पत्तालाई धोएर खानुपर्छ । एक हप्तामो फरकपन पाउन सकिन्छ ।

    ओखती
    पाकेको बेललाई मह र सख्खरसँग खाँदा शरीरको रगत सफा हुन्छ र रगत बढ्छ पनि । बेलको पत्ताको रस पुरै शरीरमा लगाउनुपर्छ र एक घन्टापछि नुहाउनुपर्छ । यसबाट तपाईंको शरीरको दुर्गन्ध हट्छ ।

    भिटामिन सीको कमिले स्कर्वी रोग लाग्छ । बेल भिटामिन सीबाट भरपुर हुन्छ । त्यसैले यसको सेवन गरेर तपाईं स्कर्वी रोगबाट बच्न सक्नुहुन्छ । पाकेको बेलको गुदीलाई पानीमा उमाल्नुपर्छ । त्यसपछि पानीलाई चिसो बनाएर त्यसले कुल्ला गर्दा मुखभित्रको छाला ठिक हुन्छ ।

    मुटुका रोगीहरुका लागि बेलपत्रको प्रयोग अत्यन्त असरदार हुन्छ । बेलपत्रको काढा दैनिक पिउनाले मुटु सँधै बलियो हुन्छ र हृदयघातको सम्भावना पनि कम हुन्छ ।

    साससँग जोडिएका रोगहरुमा पनि बेलपत्रले अमृतको काम गर्छ । यसको पत्तालाई पीसेर रस बनाउनुपर्छ र नियमितरुपमा यसको सेवन गर्नुपर्छ, निकै लाभ मिल्नेछ । ज्वरो हुँदा बेलपत्रको काढा बनाएर पिउनाले ज्वरो ठिक हुन्छ ।