यस्ता छन् सुपारीका फाइदा र बेफाइदाहरू

    यस्ता छन् सुपारीका फाइदा र बेफाइदाहरू

    सुपारी एक औषधीय गुण भएको वनस्पति हो जसलाई विभिन्न कार्यमा प्रयोग गर्ने गरिन्छ । हिन्दु घर्ममा सुपारीलाई पुजा आराधना प्रयोग गरिन्छ भने पान पसलमा पान बनाउनका लागि पनि यसको प्रयोग गरिन्छ ।

    सुपारीलाई औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ भने, सुपारीका विभिन्न राम्रा पक्षका साथ साथै नराम्रा पक्षहरु पनि छन् । कुनै पनि तरकारी अथवा मासुलाई जति पकाए पनि नपाकेको खण्डमा २ वा ३ टुक्रा सुपारी कुटेर हालिदिएमा तरकारी चाँडै पाक्ने गर्छ ।

    कुटेको सुपारीलाई पानीमा पकाएर उक्त पानी पिएमा पेट दुखेको निको हुन्छ र झाडा पखाला लागेको बेलामा दिशा लाग्न समेत बन्द हुन्छ । शरीरमा घाउ खटिरा तथा अनुहारमा दागहरु आएमा सुपारी घोटेर त्यसको लेप लगाउनाले बिस्तारै निको हुदै जान्छ ।

    बेलुका सुत्नु अगाडि फिट्कीरी पानीमा सुपारी घोटेर लगाउने गरेमा डण्डिफोर र छालाको चाया ठिक हुन्छ । हरेक कुराको फाइदा संगसंगै बेफाइदाहरु पनि धेरै हुने गर्छ । सुपारीलाई विभिन्न कुरामा प्रयोग गर्दा फाइदा हुन्छ भने, यसलाई खादा भने धेरै जसो बेफाइदा हुने गरेको पाइएको छ ।

    विभिन्न अध्ययनका अनुसार सुपारीको सेवनले हामीलाई क्यान्सर समेत हुने गरेको पाइएको छ । यसको सेवनले हाम्रो दाँतको इनामेल हराउन थाल्छ भने हाम्रो गिजालाई पनि कम्जोर बनाउदै ल्याउछ । सुपारीको नियमित सेवनले हाम्रो दाँतलाई रातो तथा कालो रंगमा बदलिदिन्छ भने दाँत समेत झर्ने सम्भावना हुने गर्छ । सुपारीमा पाइने विभिन्न तत्व हाम्रो शरीरको तत्व संग मिसिन गरेर बिषको उत्पादन गर्न सक्छ ।

    जसले गर्दा हाम्रो पाचन प्रक्रियामा गडबडी हुने थाल्छ र हामीलाई विभिन्न स्वास्थ्य समस्याले पिरोल्न थाल्छ । सुपारीको सेवनले मुटु सम्बन्धि रोगको समभावना बढाउनुका साथै अधिक सेवन गर्दा हामीलाई हार्टअट्याक समेत हुन सक्ने एक अध्ययनले देखाएको छ ।