यस कारण खानु हुँदैंन टुसा उम्रिएको आलु

    आलु धेरै दिनसम्म राखे त्यसबाट टुसा उम्रिन थाल्छ । टुसा उम्रेको आलु खानेबारे धेरै चर्चा पनि हुने गर्छ । कतिपय मानिसहरु यसलाई खाँदा पाचन सम्बन्धी समस्या हुने विश्वास

    गर्छन् भने कोही महिलाहरुले आलुको टुसा हटाएर प्रयोग गर्ने गर्छन् । भारतकी डाइटिशियन स्वाती विष्णोईले टुसा उम्रिएको आलु खान हुन्छ कि हुँदैन भन्नेबारे जानकारी दिएकी छिन ।

    टुसा उम्रिएको आलु स्वास्थ्यका लागि राम्रो होइन । टुसा उम्रनु भनेको यो तरकारी एक रासायनिक प्रतिक्रियाबाट गुज्रिरहेको छ । यस्तो आलु खनुा स्वास्थ्यका लागि हानिकारक हुनसक्छ। आलुको खाल्डा भएको ठाउँबाट टुसाहरु निस्कन सुरु हुन्छन् ।

    टुसा उम्रिँदा आलुमा पाइने कार्बाेहाइड्रेट स्टार्च सुगरमा परिवर्तन हुन थाल्छन् । जसका कारण आलु निकै नरम हुन्छन् । यो प्रक्रिया सोलानिन र अलफा–केकोनिन नामका दुई अल्कलाइडको सम्मिश्रणकाम कारण बन्ने गर्छ । सेलोनिनलाई विषाक्त मानिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *