किन मानिस नङ टोक्ने गर्छन् ? यस्तो छ रहस्य

    संसारमा लगभग ६० करोड मानिस नङ टोक्ने गर्छन् ।मनोवैज्ञानिकहरूका अनुसार, मानिसहरू चिन्तित वा बोर हुँदा अनायासै नङलाई दाँतमुनि पार्छन् । यो एक प्रवृत्ति मात्र हो ।नङ चपाउनु गलत भएको भनी बच्चाहरूलाई बताउँदा पनि केहीले छोड्दैनन् र पछि ठूलो हुँदासम्म चपाउने बानी बस्छ ।नङ चपाउनु गलत भएको भनी बच्चाहरूलाई बताउँदा पनि केहीले छोड्दैनन् र पछि ठूलो हुँदासम्म चपाउने बानी बस्छ ।

    नङ चपाउनुले मानसिक तनाव र अब्सेसिभ कम्पल्सिभ डिसअर्डरको संकेत दिन्छ । मनोवैज्ञानिकहरूले नङ टोक्नु गम्भीर बिरामीको संकेत भएको बताएका छन् । अनि टोक्दा नङको मूल आकार पनि बिग्रन्छ ।

    खासमा नङ चपाउनु व्यक्तित्वको अस्थिरताको संकेत हो । कुनै जटिल समस्याको समाधान निकाल्न नसक्दा मानिसहरू रनभुल्लमा परेर नङ चपाउँछन् । यसो गरेर उनीहरू आफ्नो रिस उतार्छन् ।

    नङ चपाउने मानिसहरू अतिवादको शिकार हुन्छन् । अत्यधिक महत्त्वाकांक्षा भएका वा आफूलाई बेकामे ठान्ने मानिसले नङ चपाउँछन् । तर ९० प्रतिशत नङ चपौवाहरू हीन

    भावना पाल्ने नै हुन्छन् । आँकडाअनुसार, नङ चपाउने बानीबाट सबभन्दा बढी प्रभावित १४ देखि २५ वर्षका युवा हुन् । यसमा ३४ प्रतिशत महिला छन् भने ६६ प्रतिशत पुरुष पर्छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *