गर्भ रहे नरहेको थाहा पाउने पाँचओटा लक्षण

    हुनत आजभोलि गर्भवती भए नभएको कुरा पत्ता लगाउने अनेक उपाय छन् । प्रेग्नेन्सी टेस्ट किट प्रयोग गरेर गर्भ यकिन गर्न सकिन्छ । तर कतिपय अवस्थामा यस्ता परीक्षण गर्ने विधीहरु सर्वसुलभ हुँदैनन् । यस्तो बेला कसरी थाहा पाउने आफू गर्भवती भएको कुरा ? आउनुस् जानौं पाच ओटा तरिका ।

    १. तपाईं अन्तिम पटक महिनावारी भएको कुरा याद गर्नुहोस् । यदि नियमित महिनावारी हुने गर्नु भएको छ भने तपाईंको महीनावारी हुने दिन नाघिसक्दा पनि महिनावारी हुनु भएन भने तपाईं गर्भवती हुनु भएको छ ।

    २. स्तनको आकारमा परिवर्तन देखिन सक्छ । तपाई)लाई लाग्नसक्छ कि तपाईंको स्तनको मुन्टो केही रसिलो भएको हुनसक्छ । र, स्तनको आकारमा पनि वृद्धि भएको हुनसक्छ । यस्तो भयो भने तपार्इं गर्भवती हुनुभएको अनुमान लगाउन सकिन्छ ।

    ३. केही नखाँदा पनि गनाएको जस्तो हुने, हरेक कुरामा गनाएको आभास हुने, वाकवाकी तथा वान्ता नै आयो भने पनि तपाईं गर्भवती हुनुभएको थाहा पाउन सकिन्छ ।

    ४. दिक्क लाग्ने, दिशापिसाव लागेजस्तो हुने तर नलाग्ने, मुड परिवर्तन भइरहने अर्थात घरी रिस उठ्ने घरी शान्त रहन मन लाग्छ ।

    ५. घरी घरी पिसाव लागिरहने भयो भनेपनि तपाईं गर्भवती हुनुभएको हुनसक्छ । यस्ता लक्षणहरु देखिनासाथ गर्भको परीक्षण गराइहाल्नु पर्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *