गरुण पुराण: निधन भएको १३ दिनसम्म घरमै रहन्छ आत्मा, निकै खास छ कारण !

गरुड पुराणले जन्मदेखि मृत्युसम्म र त्यसपछिको आत्माको यात्राको बारेमा धेरै कुराहरू बाताइएको छ। गरुन पुराणले यस्ता रहस्यहरू उजागर गर्छ, जसको बारेमा धेरैको मनमा जान्नको जिज्ञासा रहन्छ।

यति मात्र होइन, गरुड पुराणमा मृत्युसँग सम्बन्धित संस्कारका बारेमा पनि धेरै नियम दिइएको छ जसको पालना गर्नाले मृतकको आत्मालाई शान्ति मिल्छ, राम्रो गति प्राप्त हुन्छ। अर्कोतर्फ पितृको आशीर्वादले व्यक्तिको परिवारमा उन्नति, सुख र समृद्धि प्राप्त हुन्छ।

गरुड पुराणका अनुसार मृत्युपछि मानव शरीरको आत्मा १३ दिनसम्म आफ्नै घरमा रहन्छ । त्यसैले मृत्युपछि १३ दिनसम्म विभिन्न संस्कार गरिन्छ। मृतकको आत्माको लागि दैनिक भोजन गराउने, यस पछि, तेह्रौँ दिनको पिण्डदानपछि मृतकको आत्मालाई यमदूतहरू यमलोकमा लैजान्छन्। जहाँ उसको कर्मको हिसाब हुन्छ।

यस १३ दिनको समयमा आत्मा यति कमजोर हुन्छ कि कतै यात्रा गर्न असमर्थ हुन्छ। त्यसपछि परिवारका सदस्यहरूले पिण्डदान गर्छन्, तेह्रौँ दिन आवश्यक अनुष्ठान गर्छन्, जसले आत्मालाई बल दिन्छ र यमलोकमा यात्रा गर्दछ। यति मात्र होइन पिण्डदानको समयमा दिइने भोजनले एक वर्षसम्म आत्मालाई शक्ति प्रदान गर्छ।

त्यसैले पिण्ड दानलाई निकै महत्त्वपूर्ण मानिन्छ। अर्कोतर्फ, पिण्डदान नगरेको आत्माहरूलाई यमदूतहरू १३ औँ दिनमा यमलोकतर्फ तानेर लैजान्छन्। जसका कारण मृतकको आत्माले धेरै दुःख भोग्नु पर्ने हुन्छ। अर्कोतिर जसको कर्म खराब रहन्छ, उसको आत्मालाई पनि धेरै दुःख हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *