राती मोजा लगाएर सुत्दा हुन्छ यस्ता हानी

    आउनुहोस् जानौं राति मोजा लगाएर सुत्दा के-कस्ता बेफाइदा हुन्छन ?

    रक्त प्रवाह बिग्रन सक्छ

    सुत्दा मोजा लगाए शरीरमा रगतको प्रवाहमा बाधा पुग्न सक्छ । रक्त प्रवाहमा अवरोधले शरीरको कुनै पनि अंगलाई असर गर्न सक्छ । त्यसैले रक्तसञ्चारलाई ठीक राख्न राती सुत्नुअघि मोजा फुकाल्नुपर्छ ।

    बेचैनी वा घबराहट

    राति मोजा लगाएर सुत्दा शरीरको तापक्रम जुनसुकै बेला बढ्न सक्छ । तापक्रम बढ्दा अचानक बेचैनी, घबराहट र पसिना आउने समस्या हुन सक्छ। त्यसैले राती मोजा लगाउनबाट जोगिनुपर्छ । यदि बिहान उठेपछि बेचैन र नर्भस हुनुहुन्छ भने त्यो समस्या राती मोजा लगाएर सुतेका कारण उत्पन्न भएको हुन सक्छ ।

    छाला संक्रमणको समस्या

    सामान्यतया हाम्रो मोजामा धेरै ब्याक्टेरिया हुन सक्छन् । दिनभरी बाहिर बस्दा ति ब्याक्टेरियाले हाम्रो छालालाई हानी पुर्‍याउन सक्छन् । यो छाला संक्रमणदेखि सुरुभएर ठूलो समस्यामा बदलिन सक्छ ।

    मुटुको स्वास्थ्यमा हानि

    प्रायः मोजाहरू हाम्रो खुट्टामा टाइट हुन्छन्। जसका कारण खुट्टाको नसामा दबाब आउने र रगत पम्प गर्दा अवरोध हुन सक्छ । जसका कारण मुटुसँग सम्बन्धित धेरै रोग लाग्ने खतरा पनि रहन्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *