गहिरो प्रेम हुँदा पनि आखिर किन भएँन राधा र कृष्ण बीच विवाह ?

जब कृष्ण र राधाबीचको प्रेम समाजमा थाहा भयो तब राधालाई घरबाट बाहिर जान रोक लगाइयो । तर कृष्णको बासुरीको धुन सुनेर राधा आफै रोक्न सक्दिनथीन् । यो देखेर घरका परिवारले खाटमा बाँधिदिए ।

एकदिन पुर्णिमाको रात थियो । राधाले बासुरीको मसिनो आवाज सुनिन, उनलाई आफ्नो शरीर छोडेर उतै जान मन लाग्यो । कृष्णलाई राधाले भोगीरहेको पीडा महसुस भयो, उद्धवको साथमा उनको घरको छतमा चढे ।

क्ृष्णले भने, आठ वर्षपहिला जब मलाई ओखलमा बाधेका थिए, त्यो केटी मेरै नजिक आएकी थिई । तब उसको नजर म माथि थियो । उक्त पलबाट उसको जीवनको आधार बनिसकेको छ ।

उनले राधाको कोठाको छानो हटाइदिए, विस्तारै विस्तारै तल झरेर राधालाई बाहिर निकालिदिए । बलराम पनि छतबाट तल आए । उनले कृष्ण र राधालाई उठाएर बाहिर गए । यसपछि सबैले रातभर नृत्य गरे । भोलिपल्ट बिहान राधा आफ्नो बिस्तारामा सुतिरहेकी थिईन् ।

पुर्णिमाको यो अन्तिम रात थियो । आफूले राधासँग विवाह गर्न चाहने कुरा कृष्णले माता यशोधासँग बताए । उनको कुरा सुनेर आमाले भनिन्,‘राधा तिम्रो लागि ठिक केटी होइन, यसको कारण पहिलो त तिमी भन्दा पाँच वर्ष जेठी हो, दोस्रो उसको मगनी अर्कैसँग भइसकेको छ ।

जसको साथ उसको मगनी भएको छ उ कंसको सेना हो । अहिले ऊ युद्ध लड्न गएको छ । जब फर्कन्छ तब उनीहरुको विवाह हुन्छ । यसैले तिम्रो विवाह हुन सक्दैन ।

त्यसो त जस्तो बुहारीको कल्पना मंैले गरेको छु ऊ त्यस्ती खालको होइन्, राम्रो कुल घरानको पनि होइन । ऊ एक साधारण परिवारको छोरी हो तिमी मुखियाको छोरो हो । हामी तिम्रो लागि राम्री दुलही खाज्छौ ।’

यो सुनेर कृष्णले भने, ‘उ मेरो लागि सहि छ वा छैन मलाई थाहा छैन । तर मैले यति जानेको छु कि जुन दिन मलाई उसले देखिन् त्यस दिनबाट मलाई प्रेम गरिन् र मेरो मन भित्र वास गरिन् म उसैसँग विवाह गर्न चाहन्छु । ’

आमा र छोराबीचमा यो विवाद बढ्दै गयो । माता यशोधालाई भनेको कुरा पितासम्म पनि पुग्यो र भनिन्, ‘हर्नुहोस् तपाईको छोराले राधासँग विवाह गर्न चाहन्छ, त्यो केटी ठिक छैन । उ गाउँघरमा लाजै नमानी नाच्दै हिड्छे । उमाथी समाजले नज।अन्दाज लगाउनपनि सक्छ ।’

कृष्णको पिता नन्द धेरै नरम दिलका थिए । उनले कृष्णसँग कुरा मनाउने कुरा गरे तर कृष्णले आफ्नो छोडेनन् । जति गर्दा पनि कृष्ण नमानेपछि उनलाई गुरुको मा लैजान चाहे ।

गंगाचार्य र उनका शिष्य कृष्णका गुरु थिए । गुरुले कृष्णलाई सम्झाए, ‘तिम्रो जीवनको उद्देश्य फरक छ यसबारेमा भविष्यवाणी भईसकेको छ । तिमी मुक्ति दाता हो । यस संसारको धर्मको रक्षक तिमी हौ । तिमीले उक्त परिवारको केटीसँग तिम्रो विवाह गर्न हुँदैन । तिम्रो एक खास लक्ष्य छ ।’

कृष्णले सोधे, कस्तो लक्ष्य हो गुरुदेव रु यदि तपाईले चाहनुहुन्छ मैले धर्म स्थापना गरौ, के यस अभियानको शुरु अधर्मको साथ सुरु गरु ? तपाई धार्मिकता र साधुवा स्थापित गर्ने कुरा गरु ।

यस्तो अभियानको शुरुवात एक गलत कामबाट भइरहेको छ ?’ गुरु ले भने, धर्मविरुद्ध काम गर्नको लागि तिमीलाई कसले भन्यो रु कष्णले भने, ‘आठवर्ष पहिले जब मलाई ओखलमा बाधिएको थियो, उक्त समय ती केटी मेरो नजिक आएकी थि, तब उसको नजर म माथी परेको थियो ।’

कृष्णले भने, ‘हुँदैन, म बढाइचढाई गरेर बताइरहेको छैन । यो साचो हो ।’ गुरुले फेरी भने ‘तिमी मुक्तिदाता हो । ’ कृष्णल जवाफ दिए, ‘म मुक्तिदाता बन्न चाहान्न । म आफ्नो गाई, मानिस, साथीहरु, पर्वतलाई र उनीहरुसँग रहन चाहान्छु ।

उसका दिल, शरीरका हरेक कोशिका मेरै लागि धड्कीरहेका छन् । एक पल म बिना उ रहन सक्दिन । एक दिन मलाई नदेखेमा मरे समान हुन्छिन्, उनी पुरै मेरो दिल भित्र बस्छिन्, यदि म टाढा गएमा उनी निश्चित मर्नेछिन् । ’

गुरुले भने, ‘तिमिले सबै घटनाहरु बढाई चढाई धेरै बताइरहेको छौ । ’ कृष्णले भने, ‘मैले बढाएर कुनै कुरा गरेको छैन ।’ भन्दै आफ्नो ढिपी छोडेनन् र उनको सबै कुरा सुनेर गुरुलाई लाग्यो अब कृष्णलाई उनको जन्मको बारेमा सच्चाई बताइदिने समय आयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *