कपाल झर्न रोक्न खानै पर्ने खानेकुरा

    गर्मी मौसममा तेजिलो घाम र हावाले कपाललाई नकारात्मक असर पार्छ । यो मौसममा कपाल सुख्खा र रुखो बन्छ । जसले गर्दा कपाल अत्यधिक झर्न सुरु गर्छ । विशेषज्ञहरू मौसम परिवर्तन हुने समयमा कपालको स्याहार गर्न सल्लाह दिन्छन् । कपाल झर्न रोक्नका लागि खानपान र जीवनशैलीमा विशेष ध्यान दिन आवश्यक छ ।

    खानपान राम्रो बनाउनका लागि सन्तुलित खानेकुरा खानुपर्छ । जसबाट पर्याप्त मात्रामा न्युट्रिशन, भिटामिन, मिनरल र एन्टिअक्सिडेन्ट प्राप्त हुन्छ । यसले स्वास्थ्य मात्र होइन कपाललाई पनि बलियो बनाउँछ ।

    भिटामिन बी
    भिटामिन बी, बी१, बी२, बी३, बी५, बी७, बी९ र बी१२ पानीमा घुलनशील भिटामिन हो । यी भिटामिनहरुले अक्सिजनलाई कपालको जरासम्म पुर्याउँछ । जसले न्युट्रिसन प्राप्त हुन्छ । यसले कपालको पनि वृद्धि गर्छ । यो भिटामिन प्राप्त गर्नका लागि फलफूल, केरा, अण्डा, दूध, मासु, पत्तेदार सागसब्जी र होल ग्रेनहरुको सेवन धेरै गर्नुपर्छ ।

    भिटामिन ई
    भिटामिन ई कपालका लागि अत्यन्तै आवश्यक भिटामिन हो । भिटामिट ई पाइने खानेकुरा, मासु, अण्डा, फलफूल, सागसब्जी, बदाम आदि खानेकुरा खाने गर्नुपर्छ ।

    भिटामिन सी
    भिटामिन सी पानीमा घुल्ने भिटामिन हो । यसले कपाललाई बलियो बनाउन मद्दत गर्छ । यसले कोलेजन बनाउन मद्दत गर्छ । भिटामिन सीयुक्त खानेकुराहरु जस्तैः कागती, सुन्तला, अमला आदिको सेवन गरेर भिटामिन सी प्राप्त गर्न सकिन्छ ।

    भिटामिन ए
    भिटामिन ए कपालको लागि अत्यन्त आवश्यक तत्व हो । यसले कपाललाई मोइस्चर गर्नुका साथै कपाललाई बढ्न पनि मद्दत गर्छ । गाजर, दूध, टमाटर, शकरकंद, तरबुज, रातो खुर्सानी, अण्डा, माछा आदिमा भिटामिन ए पाउन सकिन्छ ।

    प्रोटिन
    कपाल बढ्नका लागि प्रोटिनको आवश्यकता धेरै हुन्छ । प्रोटिनको सेवनले कपाल रुखो हुने र झर्ने पनि समस्या हुँदैन । प्रोटिन अण्डा, मासु, पनीर, टोफू, बदाम, नट्स, दाल आदिमा पाइन्छ ।

    आइरन
    विशेषज्ञका अनुसार कपाल झर्नुको मुख्य कारण शरीरमा आइरनको कमी हुनु हो । त्यसले आइरनयुक्त खानेकुराको सेवनले कपाल झर्न रोक्न सकिन्छ । यसका लागि पालक, बिन्स, मटर र फलफूल खाने गर्नुपर्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *