खाना खाने बित्तिकै नगर्नुहोस् यी ५ काम, नत्र निम्त्याउँछ ग्यास्ट्रिकको समस्या

    खाना मानिसका लागि आधारभूत आवश्यकता नै हो । स्वस्थ शरीरका लागि सन्तुलित खानाको आवश्यकता पर्छ। सन्तुलित खानाले मानिसमा स्फूर्ति पनि बढाउँछ। तर, यही खाना खाएपछि थोरै सावधानी अपनाउन सकिएन भने स्वास्थ्यमा असर पर्नसक्छ । व्यक्तिगत वानी व्यवहार पनि स्वास्थ्यका लागि हानिकारक हुन्छन् ।

    १. धुम्रपान नगर्नु: खाना खाने बित्तिकै धुम्रपान गर्ने ब्यक्तिलाई ग्यास्ट्राइटिसको समस्या निम्त्याउँछ र पेटसम्बन्धी रोगहरु उत्पन्न गराउँछ ।

    २. तुरुन्त फलफूल नखानु: खाना खाएको तुरुन्तै फलफूलको सेवनले खानलाई दुषित गर्छ जसले शरीरमा उर्जा ९शक्ति० कम गर्छ । त्यसैले फलफूल खाँदा खाना खाएको आधा घन्टा पछि मात्र खानु उचित हुन्छ ।

    ३. चिया र कफि: चिया तथा कफिमा एसिड बढी हुने भएकाले यसले शरीरमा प्रोटिको मात्रालाई नोक्सान पर्याउँछ जसका कारण खाना पचाउनमा समस्या निम्त्याउँछ ।

    ४. नुहाउनु: खाना खाएको तुरुन्तै नुहाउँदा हात, खुट्टा तथा शरीरको अन्य भागमा रगतको प्रवाह बढ्छ र पेटको चारैतिर रगतको मात्रा कम हुन्छ जसले डाइजेस्टिव सिस्टमलाई कमजोर बनाउँछ।

    ५. मर्निङवाक: मर्निङवाक गर्नु त राम्रो हो तर खाना खाएर भन्दा हल्का खाना खाएको आधा घन्टा पछि मात्र मर्निङवााक गर्नु राम्रो हुन्छ जसले पेटमा एसिड बनाउन सक्दैन र शरीरलाई फाइदा गर्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *