शरीरमा भिटामिन ‘डी’को परीक्षण किन गर्ने ?

शरीरमा भिटामिन ‘डी’को परीक्षण किन गर्ने ?

भिटामिन ‘डी’को कमी विश्वव्यापी स्वास्थ्य समस्या नै बनिरहेको छ । नेसनल लाइब्रेरी मिडिसिन अफ मेडिसिनका अनुसार विश्वमा एक अर्ब जनसंख्यामा भिटामिन डीको कमी छ । नेपालको कुरा गर्ने हो भने अस्पतालमा हड्डीसम्बन्धी समस्या लिएर आउने ६० प्रतिशतमा यसको कमी पाइन्छ ।

पहिले खानेकुराको अभावमा भिटामिन ‘डी’को कमी देखिन्थ्यो । अहिले बिलासी जीवनशैली र घरभित्रै बसेर काम गर्ने बानीका कारण धेरै मानिसमा भिटामिन डीको कमी देखिन थालेको छ ।

शरीरमा ऊर्जा नहुने, कम्मर, ढाड र हड्डी दुखाइसम्बन्धी समस्या लिएर अस्पताल पुग्ने धेरै बिरामीमा भिटामिन डीको कमी देखिन्छ । पहिले यस्तो समस्या बुढापाकामा देखिन्थ्यो, तर आजभोलि युवायुवतीहरूमा पनि सामान्य बनिसकेको छ । त्यसैले यस्ता समस्या भएमा भिटामिन डीको परीक्षण गराउनुपर्छ ।

शरीरलाई भिटामिन डी किन जरुरी छ ?

भिटामिन दुई खालको हुन्छ- एउटा पानीमा घुल्ने र अर्को बोसोमा घुल्ने । बोसोमा घुल्ने भिटामिनमध्ये एक हो भिटामिन ‘डी’ ।

क्याल्सियम र फस्फोरसले शरीरको समग्र हड्डी र दाँतको विकास तथा कार्य सञ्चालनमा मुख्य काम गर्छ । जुन हामीले दिनहुँ खानाबाट प्राप्त गछौं । ती खानालाई अवशोषित गर्ने भूमिका भिटामिन डीको हुन्छ । त्यस्तै यसले शरीरको प्रतिरोधात्मक क्षमता बढाउने र मांसपेशीको कार्यलाई चुस्त दुरुस्त बनाउँछ ।

भिटामिन डी दुईथरीका छन् । भिटामिन ‘डी २’ र भिटामिन ‘डी ३’ । भिटामिन डी-२ हामीले वनस्पतिमा आधारित खानेकुराबाट प्राप्त गछौं भने भिटामिन डी-३ हाम्रो शरीरले बनाउँछ । जुन घामको किरणमा बस्दा उपलब्ध हुन्छ ।

घामको किरणबाट कसरी शरीरले भिटामिन डी प्राप्त हुन्छ ?

सूर्यको प्रकाश जब हाम्रो शरीरको छालामा पर्छ । तब छालामा सात डिहाइड्रोकोलेस्टेरोल सक्रिय हुन्छ, जसले प्रकाशबाट आउने अल्ट्राभोयलेट बीलाई सोस्छ । र, मिर्गौलाले एक प्रकारको इन्जाइम निकाल्छ । त्यो इन्जाइमले सक्रिय भएको डिहाइड्रोकोलेस्टेरोललाई भिटामिन डी ३ मा रुपान्तरण गर्छ । यो प्रक्रियाबाट हामीले भिटामिन डी प्राप्त गर्छौं ।

whatsapp sharing button
शरीरमा भिटामिन ‘डी’को परीक्षण किन गर्ने ?
२०८० फागुन २१ गते १२:४६२०८० फागुन २१ गते १२:४६

भयानक बन्दैछ, भिटामिन डीको कमी
किन अभाव हुन्छ भिटामिन डी ?

-सूर्यको प्रकाशमा नबस्नु ।

-कुपोषण ।

-मिर्गौला वा कलेजो फेल हुनु, यी दुईको भूमिका पनि भिटामिन डीको प्रक्रियामा मद्दत पुर्‍याउनु हो ।

-केही औषधिको प्रयोग गर्नु ।

-पारिवारिक इतिहासका कारण पनि कसैमा बच्चादेखि भिटामिन डी हुनसक्छ ।

-कालो छाला भएकामा मेलानिनको कमी हुन्छ । यस्तोमा भिटामिन ग्रहण गर्ने क्षमतामा गोरो छालाको तुलनामा कम हुन्छ ।

केही शारीरिक अवस्थाले पनि भिटामिन अवशेषित बनाउन कठिन पार्छ । जसमा इन्फामेटरी बाउल डिजिज, सिस्टिक फाइब्रोसिस, तौल घटाउन गरिने बेरियाट्रिक सजरी, सानो आन्द्राको शल्यक्रिया र एक्सोक्रिन प्याङ्क्रियाटिक इफिसेन्सी जस्ता रोग पर्छन् ।

लक्षण

यदि भिटामिन डीको कमी भएमा शरीरले केही लक्षण देखाउँछ । जस्तै, जोर्नी दुख्नु, झर्को लाग्नु, प्रतिरोधात्मक क्षमता कम भई ज्वरो र रुघाखोकी पटक-पटक लाग्नु, मुड खराब हुनु, थकान महसुस हुनु र कसैलाई त डिप्रेसन जस्ता मानसिक समस्या पनि गराउन सक्छ ।

यसकारण परीक्षण आवश्यक

भिटामिन ‘डी’को कमी भएमा शरीरमा क्याल्सियम र फस्फोरसको नियमन हुन पाउँदैन । जसले हड्डी तथा दाँतलाई कमजोर पारी यसको कार्यमा प्रभाव पार्छ । त्यस्तै, शरीरमा बन्ने कोष टुक्रिने र बन्ने प्रक्रियालाई दखल दिन सक्छ । शरीरसँग लड्ने शक्तिमा कमी आउँछ । बिस्तारै यसको कमीले डिप्रेसन, मधुमेह, उच्च रक्तचाप र मुटुसम्बन्धी अन्य रोग लाग्न सक्छन् ।

जसकारण यससम्बन्धी लक्षण देखिएमा एक पटक भिटामिन डीको परीक्षण गराउनुपर्छ । ताकि, यसको पूर्ति हुन सकोस् । र, आउने समस्याबाट जोगिन सकियोस् ।

यी लक्षण देखिएमा तत्काल भिटामिन डीको परीक्षण गराहाल्नुपर्छ

-हाड र जोर्नी बारम्बार दुखिरहेको छ, अति कमजोर अनुभव भएमा

-घरको ज्येष्ठ नागरिकको परीक्षण गराउनुपर्छ । किनभने जति शरीर बूढो हुन्छ, त्यति नै हिंड्डुल गर्ने शक्ति कम हुन्छ । घरभित्र बस्ने र आराम गर्ने भएकाले वृद्ध उमेरका व्यक्तिको शरीरमा सूर्यको किरण कम हुन्छ । र, छालाले पनि भिटामिन बनाउन सक्दैन ।

-मोटोपन भएमा शरीरको बोसोले भिटामिन डीलाई बाँधेर राख्न सक्छ । जसकारण यसको अभाव हुन जान्छ ।

एन्टिफंगल, एन्टिभाइरल र एन्टिकोलेस्टेरोलले पनि भिटामिन ग्रहण गर्ने मेटाबोलिजमलाई असर गर्ने भएकाले परीक्षण गराउनैपर्छ ।

-भेगन तथा शाकाहारीमा भिटामिन डीको कमी हुनसक्ने भएकाले परीक्षण गराउनुपर्छ ।

-दैनिकजसो कब्जियत, बान्ता भइरहन्छ भने पनि भिटामिन डीको परीक्षण गराउनुपर्छ ।

कसरी हुन्छ परीक्षण ?

भिटामिन डीको परीक्षण गर्दा सुईको माध्यमबाट नसाबाट रगत निकालेर नमुना परीक्षण गरिन्छ । सामान्यतया चिकित्सकले यसको परीक्षण गर्दैनन् तर यसको लक्षण देखिएमा सिफारिस गरिदिन्छन् ।

कति लाग्छ परीक्षण शुल्क ?

शरीरमा भिटामिन डीको परीक्षण मुलुकका सरकारी तथा निजी अस्पतालका प्रयोगशालामा गराउन सकिन्छ । यसको परीक्षण शुल्क १५ सयदेखि तीन हजार रुपैयाँसम्म लिने गरेका छन् ।

भिटामिन डीको कमी भएमा कस्तो बेलामा सप्लिमेन्ट खाने ?

भिटामिन डीको स्रोत बिहान र बेलुकीको घाम, दुग्धजन्य उत्पादन, माछा-मासु, अण्डा, सुन्तला, गहुँ, चना, मकै, जौ जस्ता अन्न हुन् । यदि यसको कमी भएमा यी खानेकुरा खाने र घाममा बस्ने हो भने पूर्ति गर्न सकिन्छ ।

तर शाकाहारी तथा घाममा बस्ने वातावरण मिल्दैन भने यसको परीक्षण गराएर सप्लिमेन्ट लिन सकिन्छ । भिटामिन डी कमी देखिएमा सप्लिमेन्टको तोकिएको मात्रा खानुपर्ने हुन्छ ।