मुख तथा स्वासको दुर्गन्ध हटाउने अचूक औषधि

    टिमुर नेपाली भान्सामा सुपरिचित मसला हो । यो अहिले विशेषगरी अचारका रूपमा प्रयोग हुँदै आइरहेको छ । यसको प्रयोग परम्परादेखि औषधीका रूपमा पनि हुँदै आइरहेको छ ।

    औषधीय गुण भएको टिमुरका फाइदा अनेक छन् ।अध्ययनका अनुसार टिमुर उच्च रक्तचाप, दाँतको दुखाइ, मुखको दुर्गन्धलगायतका विविध समस्यामा उपयोगी हुन्छ ।

    गिजाबाट बग्ने रगत रोक्न

    कतिपय व्यक्तिको गिजाबाट रगत बग्ने समस्या हुन्छ । टिमुरले यस्तो समस्याको समाधान गर्छ । त्यस्तै दाँत चम्काउने काम पनि टिमुरले गर्छ । दाँत मााझ्न ब्रस र दन्त मन्जन नभएका बेला मानिसहरू टिमुरको डाँठले दाँत माझ्ने गर्थे ।

    मुखको दुर्गन्ध हटाउन

    टिमुर मुखलाई सफा राख्न अत्यन्तै लाभदायी हुन्छ । यसको फलको बोक्रा सेवन गर्दा मुखको दुर्गन्ध हट्नुका साथै मुख स्वस्थ रहन्छ ।

    पेटको समस्यामा फाइदाजनक

    टिमुरको फल पेटका लागि निकै फाइदाजनक मानिन्छ । पाचनसँग जोडिएका विविध समस्यालाई दूर गर्न यो लाभदायक हुन्छ । यसले अपच, कब्जियत, पेट दुख्ने आदि समस्यालाई समाधान गर्छ ।

    उच्च रक्तचाम नियन्त्रण

    उच्च रक्तचापका बिरामीहरूलाई टिमुर फाइदाजनक छ । यसको फलमा पोटासियमको मात्रा भरपुर हुन्छ । त्यसैले यसको नियमित सेवनबाट उच्च रक्तचाप नियन्त्रण हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *