के तपाई बेलुका ढिलो खाना खानुहुन्छ ? हो भने यो पढ्नुहोस् !

    एउटा उखानै छ, ‘बिहानको खाना राजा समान, दिउँसोको रोगी र रातीको जोगी समान’ । यसको अर्थ हो, बिहानको खाना ‘हेभी’ खानुपर्छ राजाको जस्तै । हाम्रो शरिरलाई उर्जाको आवश्यक पर्छ । यसले दिनभरीलाई उर्जा दिन्छ । बिहानदेखी हामीले खानाको मात्रा क्रमशः घटाउदै लैजानुपर्छ ।

    साँझ ७ बजे पछिको खानाले हाम्रो शरिरमा फाइदाको सट्टा नोक्सान पुर्‍याउँछ । बेलुकाको खाना वि’ष समान हुन्छ । सबैको चाहना हो स्वस्थ जीवन जिउने । स्वस्थ र निरोगी रहने । तन्दुरुस्त रहने । तर यो कुरा तबमात्र सम्भव छ, जब हामी स्वस्थ जीवनशैली अपनाउँछौ ।

    स्वस्थ जीवनशैली अर्थात स्वस्थ आहार, स्वस्थ विहार र स्वस्थ विचार । हाम्रो दैनिकी एकदमै रफ्तार गतिमा दौडिरहेको छ । हामी अधिकांश त्यसमै कदममा कदम मिलाएर भागिरहेका छौं । यहि दौडमा हामीले आफुलाई प्रयाप्त समय दिन पाइरहेका छैनौ ।

    व्यस्तताको कारण हाम्रो जीवनशैली एकदमै अस्तव्यस्त बनिरहेको छ । हाम्रो स्वास्थ्यको ख्याल राख्न पाउँदैंनौं र विभिन्न समस्याको शिकार बन्न पुग्छौं । यहि चक्करमा हामी खानेकुराको समय मिलाएर खान पाउँदैनौ ।

    स्वस्थ रहन स्वस्थ खानपानमात्र भएर पनि हुँदैन त्यस खानालाई खाने सहि समय पनि हुन जरुरी हुन्छ । बेलुका ७ बजेपछि खाना स्वास्थ्यको लागि एकदमै हानिकारक हुन्छ । हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्छ ।

    १.मोटोपनको शिकारः
    जव हामी राती ढिला खाना खान्छौं । तब हाम्रो खाना राम्रोसँग पच्न पाउँदैन् । राती शारीरिक काम पनि नहुने भएकोले हामीले खाएको खाना बोसोमा परिणत हुन्छ र मोटोपनको शिकार हुने खतरा बढ्छ । जसको कारण कोलेस्ट्रोल बढ्छ र मुटुको रोग पनि लाग्न सक्छ । मोटोपन अहिलेको जीवनशैलीमा धेरैको लागि समस्याको विषय बनेको छ ।

    शरीर तन्दुरुस्त राख्न चाहँदा चाहँदै पनि शरीर बढिरहेको नै हुन्छ । जसले गर्दा धेरै मानिसहरु पेट बढेकै कारण चिन्तामा डुबेका हुन्छन् । त्यसैले यस्तो समस्याबाट छुटकारा पाउन जीवनशैलीमा परिर्वतन गर्नुपर्छ । बेलुका खाना नखाने । खाना खाने बित्तिकै नसुत्ने । खाना खाएपछि केही समय हिडँडुल गर्ने । बेलुका नास्ताको रुपमा मात्रै खानेकुरा खानुपर्छ ।

    २. छाती पोल्नेः
    धेरैजसोको बानी हुन्छ खाना खाने बित्तिकै सुत्ने । बेलुका ढिलो खाना खाँदा पाचन प्रणालीले पचाउन गाह्रो हुन्छ । त्यसैले गर्दा छाती पोल्छ पछि गएर ग्यास्ट्रिकको समस्या निम्तिन सक्छ । एक त बेलुका ढिलोगरी खाना खाने । अर्कोतिर खानेविक्तिकै सुत्ने जसले गर्दा छाती पोल्ने समस्या हुन्छ । बेलुका एकदमै कम खाना खाने । खाना खाएपछि कम्तिमा २ घण्टापछि मात्रै सुत्ने गर्नुपर्छ ।

    ३.उच्च रक्तचापको जोखिम बढ्नेः
    बेलुका खाना ढिलो खाँदा उच्च रक्तचाप हुने सम्भावना बढि हुन्छ । बेलुका हाम्रो शरिरलाई उर्जाको आवश्यक हुँदैन् । बेलुकाको खाना खाएपछि हाम्रो काम हुँदैन् र खाना पच्दैन् । उच्च रक्तचाप खतरनाक रोग हो । नेपालमा दिन प्रतिदिन यो रोग बढ्दै गैरहेको छ । यस रोगले कुनै पनि लक्षण नदेखाइकन नै बिरामीका प्रमुख अङ्गहरु मुटु, मिर्गौला, आँखा, दिमाग आदीलाई क्रमिक रुपले खत्तम पार्दै लगेर विरामीलाई मृत्युको मुखमा पु¥याउँछ । त्यसैले बेलुका खाना खाँदा एकदमै ध्यानदिनुपर्छ ।

    ४.अपचः
    अपच हुने समस्या भएकोले ढिलो खाना खान हुँदैन् । पाचनको लागि बढि समय लाग्छ । हामीले जति खान्छौ, उति नै पच्नुपर्छ । ढिलो खाना खाँदा समस्या झन बढ्न सक्छ ।

    ५.मधुमेहः
    बेलुका ढिलो खाना खाँदा खानाबाट प्राप्त हुने सबै शक्ति खर्च हुँदैन् । यस्तोमा शरिरमा भण्डार भएर बस्छ र रगतका चिनीको मात्रा बढि भएर मधुमेह हुने खतरा बढ्छ ।

    ६. अनिद्राको समस्याः
    बेलुका ढिलो खाना खाँदा खाना राम्रोसँग पचिसकेको हुँदैन् । हामीले खाएको खाना खाननलीमै बस्छ । जसलेगर्दा बेचैन र छटपटी हुन्छ । र निद्रा पर्न गाह्रो हुन्छ ।

    ७. तनाव हुनेः
    अनिद्राको समस्याले गर्दा तनाव बढ्छ । राम्रोसँग निद्रा नलागेपछि शरिर भारी हुने, फ्रेस अनुभव नहुने भएकोले तनाव बढ्छ । दैनिकीमा नै असर पर्छ । त्यसकारण बेलुका ढिलो खाना खानु राम्रो होइन ।

    ८. काम गर्न शक्ति मिल्दैनः
    बेलुका ढिलो खाना खाँदा बिहानको नास्ता गर्न मन लाग्दैन । जसकारण दिनभर काम गर्न उर्जाको कमि हुन्छ । चाँडो थकाइ लाग्ने काम गर्न मन नलाग्ने हुन्छ ।

    ९. पोषक तत्वको कमिः
    बेलुका ढिलो खान खाँदा बिहान भोक लाग्दैन । भोक नलागेपछि बिहानको नास्ता कम खाईन्छ । जसले गर्दा शरिरमा चाहिने पोषक तत्वको कमि भएर विभिन्न किसिमको रोग लाग्न सक्छ ।

    १०. चिडचिडाहटः
    यदि बेलुका ढिलो खाना खाएमा भोली पनि त्यही समयमा भोक लाग्छ । एकै समयमा खाना नखाँदा ढिलो खाना खाने बानी बस्छ । जसले गर्दा खाना अपच हुने, ग्याँस जम्ने, निद्रा नलाग्ने हुन्छ र चिडचिडाहाट हुन्छ ।

    यदि तपाई बेलुका ढिलो खाना खानुहुन्छ भने यो बानी आजैबाट त्याग्नुहोस् । चाँडो खाना खाँदा विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ भने आजैबाट किन सुरु नगर्ने ?

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *