संसारमा पुरुष बनाउने जीन समाप्त हुँदै, महिला मात्रै अस्तित्वमा रहनसक्ने

    यो संसारमा बच्चा जन्मने प्रक्रिया चलिरहन्छ जबसम्म पृथ्वीको अस्तित्व या मानवको अस्तित्व रहिरहन्छ ।
    जीवविज्ञानका अनुसार जन्मने बच्चाको लिङ्ग के हुन्छ भन्ने कुरा जीनमा भर पर्ने गर्दछ । अध्ययनका अनुसार संसारमा वाई क्रोमोजोम हराउंदै गएको छ । प्रजननका क्रममा एक्स क्रोमोजोमले छोरी निर्धारण गर्छ भने वाई क्रोमोजोमले छोरा निर्धारण गर्छ । एक्स एक्स मिल्यो भने छोरी जन्मिन्छन् त्यस्तै एक्स र वाई मिल्यो भने छोरा जन्मिन्छन् ।

    प्रोसिडिङ्स अफ द नेशनल एकेडेमी अफ साइन्समा प्रकाशित अनुसन्धानका अनुसार पुरुषमा वाई क्रोमोजोम बिस्तारै हराउँदै गएको बीबीसीले जनाएको छ ।

    एक्स क्रोमोजोममा ९ सय वटा जीनहरू हुन्छन् । लिंग निर्धारणसँग यसका कुनै सरोकार राख्दैन ।

    वाई क्रोमोजोममा ५५ वटा जीनहरू हुन्छन् । यो क्रोमोजोम आकारमा सानो हुन हुन्छ, तर यसको काम ठूलो र महत्त्वपूर्ण छ। यसमा एक आवश्यक जीन एसआरवाई हुन्छ, जसले गर्भधारण भएको १२ हप्तापछि बच्चामा अण्डकोषको विकास गर्न भूमिका निर्वाह गर्छ । भ्रूणमा यी अण्डकोषले पुरुष हर्मोनको उत्सर्जन गर्दछ, जसको कारण पुरुष लिंग भएको बच्चा जन्मन्छ।

    हराउँदै छ वाई क्रोमोजोम

    अनुसन्धानका अनुसार पुरुष मानव र अन्य स्तनधारीहरुमा वाई क्रोमोजोम घट्दै गएको छ । यो अनुमान अस्ट्रेलियाली प्लैटिपसद्वारा गरिएको छ। यिनीहरुमा एक्स र वाई क्रोमोजोमको जिन संख्या बराबर रहेको हुन्छ । यसबाट वैज्ञानिकहरूले पत्ता लगाएका छन की कुनै समय मानिसमा पनि एक्स र वााई क्रोमोजोमको जीनको संख्या बराबर थियो। यसको मतलब वाई क्रोमोजोममा पनि ५५ को सट्टा ९०० वटा नै जिन थिए ।

    यसबाट अनुमान लगाउन सकिन्छ कि १६ करोड ६० लाख वर्षमा मानिसले वाई क्रोमोजोमका ८४५ जीन गुमाएको छ । यसको मतलब हामीले प्रत्येक १० लाख वर्षमा वाई क्रोमोजममा हुने ५ वटा जीनहरु गुमाइरहेका छौं । यदि वाई क्रोमोजमबाट जीनको संख्या घट्ने क्रम आगामी १ दशमलब १ करोड वर्षमा वाई क्रोमोजम पूर्ण रुपमा नस्ट हुने वैज्ञानिकहरुले अनुमान गरेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *