हनुमानको पूजा गर्दा किन प्रसन्न हुन्छन् शनिदेव

    स्कन्द पुराणका अनुसार, मंगलवार हनुमानको जन्म भएको थियो । यही कारणले मंगलबार उनको पूजामा समर्पित छ । यस दिन विधिविधानका साथ हनुमानको पूजा गरे उनि चाँडै प्रसन्न हुने र श्रद्धालुको सबै मनोकामना पुरा गर्ने धार्मीक मान्यता रहेको छ ।

    मंगलवार हनुमानको पूजा गर्दा केवल हनुमान मात्र होइन, शनिदेव पनि प्रसन्न हुने धार्मीक मान्यता छ । अर्थात् मंगलवार हनुमानको पूजा गर्दा शनिको प्रकोपबाट समेत बच्न सकिन्छ । हनुमानको आराधना गर्दा शनिदेवको समेत कृपा पाइने धार्मीक मान्यता छ । हरेक मंगलवार हनुमान पूजा गरी हनुमान चालीसा पाठ गर्दा शनिदेव समेत प्रसन्न हुन्छन् । साथै जीवनमा आर्थिक सम्पन्नता समेत बनिरहन्छ । हनुमानलाई बल, बुद्धि र निर्भयताको प्रतिक मानिन्छ । शास्त्र अनुसार कुनै संकट वा समस्यामा हनुमानलाई सम्झना गरे ति हरेक विपद् नष्ट भएर जान्छ । त्यसैले हनुमानलाई संकटमोचन समेत भनिन्छ ।

    किन हनुमानको पूजा गर्दा शान्त रहन्छन् शनिदेव ?
    हनुमान भगवान शिवको अवतार मानिन्छ । पौराणिक कथा अनुसार जब हनुमान माता सीतालाई खोज्न लंका पुगेका थिए, उनको नजर शनिदेवमा परेको थियो । हनुमानले शनिदेवलाई लंकामा रहनुको कारण सोधेका थिए । जवाफमा शनिदेवले, रावणले आफ्नो योग बलद्वारा उनलाई कैद गरेको बताए । शनिदेवको कुरा सुनेर हनुमानले उनलाई रावणको कैदबाट मुक्त गरे । जसबाट प्रसन्न भई शनिदेवले हनुमानलाई वरदान माग्न भने जसमा हनुमानले कलियुगमा आफ्ना श्रद्धालुलाई कहिल्यै अशुभ फल नदिन भनि वरदान मागे । यहि कारणले हनुमानको पूजा गरे शनिदेवको पनि कृपा प्राप्त हुने मान्यता छ ।

    कसरी गर्ने मंगलबार हनुमानको पूजा ?
    मंगलवार बिहान सूर्योदयभन्दा पहिले उठेर नुहाएर रातो बस्त्र पहिरनसहित हातमा शुद्ध पानी लिएर हनुमानको प्रतिमा सामु व्रतको संकल्प गर्नु पर्दछ । त्यसपश्चात हनुमानको प्रतिमा सामु घीउको दियो बाली फूलको माला अर्पित गर्नु पर्दछ । साथै मंगलवार व्रतकथा पाठ गरी हनुमान चालीसा र सुन्दरकाण्ड पाठ गर्नु पर्दछ । अन्त्यमा आरती गरी प्रसाद चढाउनु पर्दछ । यस दिन केवल एक पटक मात्र भोजन गर्नु पर्दछ । र साँझमा शुद्धताका साथ हनुमानको सोहि प्रकारले पूजा गर्नु पर्दछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *