धेरै हाई आइरहने मानिसलाई हुनसक्छ यी ४ रोगको जोखिम !

    तपाईं रातभरि निदाउनु भएको छैन भने दिनभरि आलस्य हुन्छ। हाइ, हाइ आइरहन्छ। बेलुका अबेर खाना खानुपर्‍यो भने बच्चाहरु हाई काढ्दै बस्छन्।
    दिउँसो होस् या बेलुका एकसुरमा टिभी हेर्दै गर्दा हाइ आएर दिक्क लाग्न सक्छ।

    दिउँसो कार्यालयमा काम गर्दागर्दै हाइ काढेर बाथरुमा मुख धुन जानुपर्दा कति नमजा होला। कहिलेकाहीँ त सबारी साधन चलाउँदा नै हाइ आएर हैरान ।मानिसलाई बारम्बार हाइ आउँछ।

    अक्सिजनको अभावले हाइ आउने गरेको मानिन्छ। तर, हाइ काढ्नु श्वासप्रश्वासभन्दा बेग्लै कुरा हो। श्वासप्रश्वास र हाई काढ्ने प्रक्रिया शरीर र दिमागका बेग्लाबेग्लै संयन्त्रले नियन्त्रण गरेका हुन्छन्।

    दिक्क लागेको अवस्थामा वा निद्रा लाग्दा हाइ आउने गरेको मानिसहरु बताउँछन्। तर हाइ आउनाका कारणहरुबारे धेरै मानिस अनभिज्ञ हुन्छन्। हाइ आउनुका कारण यस्ता छन्ः

    १. दिमाग शतिल बनाउन

    हाइ काढ्दा दिमागलाई आधारभूत रुपमा स्वस्थ हावा प्रदान हुन्छ र शान्त बनाउँछ। सन् २०११ को एउटा अध्ययन यस तथ्यको नजिक पुगेको थियो। जस अनुसार मानिसले जाडो मौसममा धेरै र बाहिरको तापक्रम बढी हुँदा कम हाइ काढ्ने गर्छन्। हामीले मुख बाएर जोडले हाइ काढ्दा दिमागलाई थप ऊर्जा मिल्ने वैज्ञानिकहरु बताउँछन्। अनिदो बस्दा दिमागको तापक्रम बढ्छ। सुत्न वा दिमागलाई शितल पार्न हाइ आइरहन्छ।

    २. दिमागको आकार ठूलो

    ‘बायोलोजी लेटर्स’मा प्रकाशित एउटा रिपोर्ट अनुसार जति ठूलो हाइ काढ्नु हुन्छ, त्यति ठूलो दिमाग हुनुपर्छ। लामो र ठूलो हाई काढ्ने स्तनधारी प्राणीको ठूलो दिमाग हुने अनुसन्धानकर्ताले पत्ता लगाएका छन्। उनीहरुको दिमागमा धेरै मात्रामा कोषहरु हुन्छन्। यदि हाइ काढ्दा दिमाग शान्त हुने हो र दिमागलाई ऊर्जा प्राप्त हुने हो भने स्वभाविक रुपमा ठूलो दिमाग हुनेहरुलाई बढी अक्सिजनको आवश्यकता पर्छ। तसर्थ ठूलो र लामो हाई आउँछ भने दिमाग पनि ठूलो छ भनेर बुझ्न सकिन्छ।

    ३. स्ट्रोक वा हृदयघातको संकेत

    हाइले स्ट्रोक, हृदयघात वा अन्य स्वास्थ्यसँग सम्बन्धित समस्याको पनि संकेत गर्छ। तर, अस्वभाविक रुपमा निरन्तर वा लामो हाइ आएमा मात्र स्वास्थ्य समस्या बिग्रँदैछ वा बिग्रिएछ भनेर बुझ्नु राम्रो हुनेछ। हृदयघातले भेगस नर्भ (जनु दिमागदेखि पेटसम्म फैलिएको हुन्छ) लाई बढी सक्रिय बनाउँछ, जसका कारण अत्याधिक हाइ आउँछ।

    मृगी रोगका बिरामी र शरीरको कोष असामान्य भएका मानिसले अत्याधिक हाइ काढ्ने विज्ञहरु बताउँछन्। त्यस्तै, टाउको दुख्ने, एन्जाइटी हुने मानिसको दिमाग तातो हुने भएकाले उनीहरुलाई बढी हाइ आउन सक्छ।

    ४. सरुवा रोग

    हाइ काढ्नु संक्रमणजन्य रोग जस्तै हो। यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ। तसर्थ एक अर्कालाई सहानुभूति देखाउँदा वा नजिक बस्दा हाइ सर्छ। सन् २०११ मा गरिएको एक अध्ययनले हाई काढ्दा परिवारका सदस्य, साथीहरुबीच सर्ने गरेको खुलाएको थियो। नजिकैको मानिसले हाइ काढेको केही मिनेटपछि अर्को मानिसलाई पनि हाइ आउने अध्ययनमा उल्लेख छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *