छातीको क्यान्सपछि विश्वमा सबैभन्दा बढी महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने गरेका छन् । पाठेघरको मुखको क्यान्सर गर्भाशयको तल्लो भागमा हुनेगर्छ । अर्थात गर्भाशय र योनीलाई जोड्ने भागमा ।
यस प्रकारको क्यान्सरको सुरुवात महिलामा ३५-४० बर्षको उमेरपछि हुन्छ । विशेषगरी महिलाको मासिक स्राव अनियमित हुन्छ र योनीबाट धेरै रगत स्राव हुन्छ । पाठेघरको मुखको क्यान्सरलाई निकै खतरनाक मान्ने गरिन्छ ।
किनभने यो पाठेघरको मुखमा फैलिएर कलेजो, ब्लाडर, योनी, फोक्सो र मिर्गौलासम्म फैलन्छ । यसले शरीरका भित्री अंगहरुमा नराम्ररी प्रभावित बनाउँछ ।
जबकी पाठेघरको मुखको क्यान्सर क्रमस विस्तारै विस्तारै बढ्ने भएकाले कतिपयले यसको सुरुवाती लक्षण थाहा पाउँदैनन् । जब समस्या गंभिर बन्छ, तबमात्र यो क्यान्सर फैलिएको थाहा हुन्छ ।
यदि सुरुवाती चरणमै यसको लक्षण थाहा भयो भने उपचार संभव र सहज हुन्छ । त्यसैले शरीरमा देखिने केही यस्ता संकेतपछि सर्तक हुनुपर्छ ।
असामान्य रक्तस्राब: सामान्यत पाठेघरको मुखको क्यान्सर ३५ देखि ४० बर्षको उमेरपछि हुनेगर्छ । यद्यपि यसको संकेतबाट रोग पहिचान गर्न सकिन्छ । यदि शारीरिक सम्बन्ध र रजनोवृत्तिपछि पनि धेरै रक्तश्राब भयो, प्रजनन अंगमा दुखाई महसुस भयो भने यो पाठेघरको मुखको क्यान्सरको लक्षण हो । यस्तो स्थितिमा तपाईंले तुरुन्तै चिकित्सकको परामर्श लिन आवश्यक छ ।
वाइट डिस्चार्ज हुनु: अक्सर महिलाले वाइट डिस्चार्ज जस्ता समस्यालाई आम समस्या मानेर नजरअन्दाज गर्छन्, जो पछि गएर निकै खतरनाक सावित हुनसक्छ । यस्तो समस्यालाई नजरअन्दाज गर्नु हुँदैन किनभने यो पाठेघरको मुखको क्यान्सरको लक्षण पनि हुनसक्छ ।
कोखको पीडा: मासिक धर्ममा सामान्यतः महिलाको कोखमा दुखाई अनुभव हुँदैन । तर, अचानक हल्का वा तिब्र दुखाई महसुस हुन थालेमा त्यो पाठेघरको मुखको क्यान्सरको लक्षण हुनसक्छ । यस्तो स्थितिमा तपाईंले तुरुन्तै चिकित्सकलाई भेट्नुपर्छ ।
पिसाब गर्दा पीडा: यदि पाठेघरको लक्षणलाई नजर अन्दाज गरियो भने यो क्यान्सर यतिसम्म बढ्न पुग्छ कि त्यसले पिसाबको थैलीसम्म पुग्न सक्छ । यसले गर्दा पिसाब फेर्दा कठिन हुन्छ । यस्तो स्थितिमा पनि तपाईंले तुरुन्तै चिकित्सकलाई भेट्नुपर्छ ।
गुप्ताङ्गमा जलन: मासिक स्रावका क्रमममा वा सम्बन्ध बनाइरहेको बेला रक्तश्राव हुनु वा अचानक गर्भाशयमा जलन हुनु पनि पाठेघरको मुखको क्यान्सरको लक्षण हो । यस्तो लक्षणलाई नजरअन्दाज नगरौं ।