राशि अनुसार कस्तो काम गर्दा फाप्छ ? जान्नुहोस्

    हरेक व्यक्तिको फरक फरक राशि हुने गर्छ । त्यस्तै राशि अनुसार व्यक्तिमा पनि त्यस्तै किसिमको प्रभाव देखिने गर्छ । राशिले व्यक्तिको बानि व्यवहार, आचरण पढाइ सबै कुराहरुको मार्ग निर्देशन गर्ने काम गर्छ । आज हामी तपाईहरुलाई कुन राशि भएका ब्यक्तिले कस्तो काम गर्दा राम्रो हुन्छ भन्ने बारे बताउन गइरहेका छौँ ।

    मेष राशि :

    यो राशि भएका व्यक्तिलाई गणित, फिजिक्स र अकाउ-ण्टमा अधिक सफलता मिल्ने देखिएको छ । उनीहरुको लागि आर्किटेक्ट, अर्थशास्त्र, वास्तुशास्त्रसँग सम्बन्धित रहेर कुनै व्यवसाय गर्दा अधिक सफलता पाइनेछ । आफुले चाहे जस्तै सफलता हात पर्नको लागि रातो रंगको कपडा लगाउनुपर्ने र मुसुरोको दाल दान गर्दा शुभ फल प्राप्त हुने देखिएको छ ।

    वृष राशि:

    यो राशि भएका ब्यक्तिहरु कलाप्रेमी हुने भएकाले अभिनय र गायनमा जम्न सक्ने देखिएको छ । उनीहरुको लागि अटो, इलेक्ट्रिक एक्वीप:-मेन्ट सम्बन्धी व्यापार फाप्नेछ । कला सम्बन्धी व्यापार गर्दा सफलता पाउने सम्भावना बढी रहेको छ ।अधिक सफलताको लागि सेतो रंगको कपडा लगाउनुपर्नेछ ।

    मिथुन राशि:

    मिथुन राशि भएका व्यक्तिले प्राध्यापक, शिक्षक, कवि, गीतकार, सङ्गीतकार, प्रवचनकर्ता, ज्योतिषी, गणित, केमेस्ट्री, जिओ:-लोजी, अकाउण्ट, होटल म्यानेजमेन्ट, फाइनान्स, बैकिङसँग सम्बन्धित विषय छान्दा राम्रो हुनेछ । यी नै क्षेत्रसँग जोडिएको व्यापार व्यवसाय गर्दा यो राशि भएका व्यक्तिलाई अत्यधिक लाभ हुने देखिएको छ । यसको लागि हरियो कपडा लगाउनुपर्नेछ । मुगा दालको सेवन गर्नु राम्रो मानिएको छ भने सूर्यको पूजाले फल राम्रो फल दिनेछ ।

    कर्कट राशि:

    कर्कट राशि हुने व्यक्तिको लागि जलीय वस्तु, सख्खर, चामल, चाँदी, शिक्षण, वस्त्र, स्त्रीको कपडा, रेशम, सौन्दर्य सामाग्री, रंग, उपकरण मर्मतको काम, कमर्स, आर्ट, जिओलोजी, म्यानेजमेन्ट, कम्प्युटर सम्बन्धी विषय छनौट गर्नु राम्रो हुने देखिएको छ । माथि उल्लेख गरिएको विषयवस्तुसँग जोडिएर नोकरी गर्दा राम्रो हुनेछ । त्यसको लागि सेतो कपडाको प्रयोग गर्नुपर्नेछ । शिव र नारायणलाई चामलको भोग गर्ने र आफु पनि चामलको सेवन गर्नु राम्रो हुनेछ ।

    सिंह राशि:

    यो राशि हुनेहरुको लागि सबै किसिमको व्यापार व्यवसाय राम्रो देखिएको छ । विशेष गरेर यो राशि भएका व्यक्तिहरुले एड्भाइजर, ज्योतिष, इञ्जिनियर, चिकित्सक, वैज्ञानिक, सेनामा बढी सफल हुन्छन् । यस्ता राशि भएका व्यक्तिहरु निकै कुशल मेनेजर बन्न सक्नेछन् । उनीहरुको लागि कमर्स, अकाउन्ट, र कानुनमा पनि राम्रो रहेको देखिएको छ । यसरी सफलता पाउनको लागि आदित्य हृदय स्त्रोत पाठ गर्नुपर्ने र रातो रंगको कपडा लगाउनु पर्नेछ ।

    कन्या राशि:

    यो राशि भएका व्यक्तिको लागि विशेष गरेर शिक्षण, लेखन, अभिनय, म्यूजिक क्षेत्रमा राम्रो रहेको छ । उनीहरुको लागि अध्ययनमा पनि जिओलोजी, फिजिक्स, केमेस्ट्री, गणित, अकाउण्ट विषय अनुकुल रहेको छ । यसबाट सफलता पाउनको लागि करियो कपडा लगाउनु पर्ने र भगवान गणेशको पूजा गर्दा अधिक लाभ लिन सकिन्छ ।

    तुला राशि:

    तुला राशि भएका व्यक्तिहरूको लागि अभिनय गीत,सङ्गीत, सेना, व्यवस्थापन, कानुन, बैङ्क, बिमा, फाइनान्स, मेसिनरी र कम्प्युटरको क्षेत्रसँग जोडिएर काम गर्दा राम्रो हुने देखिएको छ । पढाइको लागि कमर्स, इकोनो-मिक्स, वनस्पति शास्त्र, गणित विषय चयन गर्नु शुभ रहेको छ । यसबाट अधिक लाभ लिनको लागि यो राशि भएका व्यक्तिले निलो रंगको वस्त्र लगाउनुपर्नेछ भने हनुमान चालिसाको पाठ गर्नुपर्छ ।

    वृश्चिक राशि:

    यो राशि भएका व्यक्तिले सेना र शस्त्र सम्बन्धी कार्य, प्रहरी, रक्षा, कानुन, सामाजिक सेवा, राजनीतिको क्षेत्रमा काम गर्दा राम्रो हुनेछ । पढाइतर्फ हेर्ने हो भने फिजिक्स, गणित, कानुन, अकाउन्ट, राजनीति शास्त्र, होटेल म्यानेजमेन्ट, मानव संसाधन जस्ता विषयमा अध्ययन गर्दा राम्रो हुनेछ । यसबाट अधिक लाभ लिनको लागि यो राशि भएका व्यक्तिले रातो रंगको कपडा लगाउनु पर्नेछ भने हनुमानको पूजा गर्दा राम्रो हुनेछ ।

    धनु राशि:

    धनु राशि भएका व्यक्तिहरूको लागि कलाकै क्षेत्रमा रहेर काम गर्दा राम्रो हुने देखिएको छ । विशेष गरेर नाट्य, ललितकला, सुनचाँदीको व्यवसाय, किराना, सामाजिक सेवा, अध्यात्म गुरु, म्यानेजर, होटेल, स्कुल लगायतको क्षेत्रमा काम गर्दा राम्रो हुन्छ । अध्यापनको क्षेत्रमा विज्ञान, गणित, कमर्स, अकाउन्ट एवम् सबै विषयको अध्ययन गर्नु राम्रो मानिएको छ । यस्ता कामहरुबाट सफलता पाउनको लागि पहेँलो रंगको कपडा प्रयोग गर्ने र आफ्ना गुरुहरुलाई सम्मान गर्दै गुरु मन्त्र जप गर्ने ।

    मकर राशि:

    यो राशि भएकाहरूको लागि मेशिनरी, मर्मतको काम, कम्प्युटर, सिभिल इन्जिनियर, आर्किटेक्ट, वास्तु विज्ञान, गुप्तचर, वैज्ञानिक, राम्रो खोजकर्तामा भविष्य जम्न सक्नेछ । यी व्यक्तिहरूको लागि गणित, फिजिक्स, केमेस्ट्री, संस्कृत भाषा, अकाउन्ट, म्याने:-ज्मेन्ट, सम्बन्धी अध्ययन गर्दा सोचे जस्तै सफलता हात पार्न सकिनेछ । त्यसको लागि कालो कपडाको प्रयोग गर्नुपर्नेछ । हनुमानको पूजा गर्दा राम्रो हुनेछ ।

    कुम्भ राशि:

    कुम्भ राशि र मकर राशिको स्वामी शनि भएको कारण हरेक कुरा मिल्दोजुल्दो रहेको छ । उनीहरुको लागि अतिरिक्त सेना, टेक्निकल, मेडिसिन क्षेत्रमा सफलता मिल्ने देखिएको छ । अध्ययनको लागि । वनस्पति शास्त्र, गणित, फर्मा, इलेक्ट्रिकको विषय रोज्नु राम्रो हनेछ । यस्ता कुराहरुबाट सफलता लिनका लागि कालो वस्त्रको प्रयोग गर्ने र हनुमानजीको पूजा गर्नुपर्ने हुन्छ ।

    मीन राशि:

    यो राशि भएकाहरूको लागि अध्यात्म, मेटल बिक्रेता, भेइ-कल, इलेक्ट्रिक उपकरणको बिक्रेता, गुप्तचर विभाग, फायर सर्भिस र अदालती काम गर्नु राम्रो रहेको छ । पडाइको सन्दर्भमा गणित, साइन्स र कमर्स र अन्य सबै विषय राम्रै रहेको छ । यसबाट सफलता प्राप्त गर्नको लागि पहेँलो कपडा लगाउने र शिव भगवानको पूजा गर्नुपर्नेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *